गोदावरी नदिको किनारमा उभिएर मन्त्री सोडारीले भन्नु भयो -"राजधानीको यही ठाउँ उपयुक्त हो "(भिडियो)

गोदावरी ,कार्तिक ५ । 
सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री दिर्घ सोडारीले प्रदेशको राजधानी र नामको बिबाद सकिएको बताउनु भएको छ। बडा दशै, तिहार र छडपर्बको अबसरमा सोमबार कैलाली निर्बाचन क्षेत्र न ४ ले गोदावरीमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उँहाले सो कुरा बताउनु भएको हो । उँहाले निर्बाचनको बेला जनताको बिचमा गोदावरीलाई प्रदेशको राजधानी बनाउने बाचा आफुहरुले पुरा गरेको बताउनु भयो ।"गोदावरीलाई राजधानी बनाउंदा धनगढी बिच्किनु पर्ने कुनै कारण छैन", मन्त्री सोडारीले भन्नु भयो -"केही मान्छेहरु धनगढी -अत्तरियालाई अलग अलग बनाउने प्रयास गरिरहेका छन्, धनगढी अत्तरिया एउटै हो"।उँहाले गोदावरी राजधानीको केन्द्र र चुरे,गौरीगंगा,कृष्णपुर नगरपालिकाहरु  राजधानीका इकाई रहने बताउनु भयो।प्रदेशको नाम पनि यस क्षेत्रको एतिहाँसिकता सँग जोडिने गरी बनाएको उँहाको दाबी रहेको छ। "राजधानीको संरचना बनाउंदा चुरेको संरक्षण बन बिनासमा पुरा ध्यान दिइनेछ", मन्त्री सोडारीले भन्नु भयो -"गोदावरीमा राजधानी बनाउंदा आसपासमा बन मासेर बस्ती बस्ने सम्भाबना पनि त्यतिक्कै रहेकोले स्थानिय निकायले ध्यान दिनु पर्दछ"। मन्त्री सोडारीले धनगढीमा पनि खेल मैदान ,खुलामन्च लगाएतका ठुला संरचनाहरु बनाउन प्रदेश सरकारले गृहकार्य शुरु गरेको बताउनु भयो ।


 

प्रतिकृया दिनुहोस

जनताले दिएको मत खेर जान दिने छैन - मन्त्री सुबेदी

अत्तरिया, कार्तिक २९ ।  नेकपा गोदावरी नगरकमिटिले नबनियुक्त सामाजिक बिकासमन्त्री कृष्णराज सुवेदीको बिहीवार एक कार्यक्रमका बिच  स्वागत गरेको छ ।

दिर्घ सोडारीलाई पदमुख्त गरेपछि नेकपा सुदुरपश्चिमको राजनीति गर्मागर्मी

धनगढी,कार्तिक २८ ।   सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री दिर्घ सोडारीलाई नेकपाले सरकारबाट फिर्ता बोलाएपछि यस क्षेत्रको नेकपाको राजनीतिमा

नयाँ केही कामको थालनी गर्छु - नब नियुक्त सामाजिक बिकासमन्त्री सुबेदी

अत्तरिया, कार्तिक २७।  सुदुरपश्चिमप्रदेशका नब नियुक्त सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले मन्त्री बनेकोमा  खुशी ब्यक्त गर्दै कैलाली