अत्तरियामा रहेको दुग्ध विकास संस्थानलाई प्रदेश सरकारको स्वामित्वमा ल्याउने तयारी

अत्तरिया ,कार्तिक ७। 
अत्तरियामा रहेको दुग्ध विकास संस्थानलाई प्रदेश सरकारको स्वामित्व मा ल्याउन पहल शुरु गरिएको छ । आज दुग्ध  उत्पादन केन्द्रको निरिक्षण गर्दै पुर्व मन्त्री तथा नेकपा स्थायी समिति सदस्य लेखराज भट्टले संघिय सरकार संग यस बिषयमा समन्वय गर्ने बताउनु भएको हो । सुदुरपश्चिम प्रदेश  सरकारका अार्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा र भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री बिनिता चौधरी संगै लिएर निरिक्षणमा पुगेका प भट्टले दुग्ध विकनस संस्थानलाई प्रदेशको स्वामित्वमा लाई सुदुर पश्चिम प्रदेशको नमुनाकै रुपमा अघाडी बढाउने बताउनु भयो  । सुदुरपश्चिम प्रदेशको केन्द्र विन्दुमा रहेको प्रदेशकै एक मात्र रहेको दुग्ध विकास संस्थान अहिले संघिय सरकारको स्वामित्व मा रहेको छ। दुग्ध बिकास समितीले दुध र दुधजन्य बस्तुहरुको उत्पादन तथा बिक्री गर्दै आएको छ ।  

प्रतिकृया दिनुहोस

बझाङको साईपाल हिमालको पहिलो पटक सफल आरोहण

बझाङ,कार्तिक २६ ।  बझाङको साईपाल हिमालको पहिलो पटक सफल आरोहण गरिएको छ । मिसन साईपाल अभियानका टोली सदस्यहरुले  ७ हजार ३१ मिटर अग्लो साईपाल हिमालमा