निर्मला पन्त हत्या प्रकरण : एसपी र इन्स्पेक्टरलाई दोस्रो स्पष्टीकरणको तयारी

काठमाण्डौ ,कार्तिक ८ । 
निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा चरम लापरबाही गरेको आरोपमा कारबाही भोगिरेहका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टले गृह मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन् । तर, गृहले भने जवाफ चित्त बुझ्दो नभएको भन्दै दोस्रो स्पष्टीकरणको तयारी गरेको छ ।

विष्टले बुधबार तथा भट्टले मंगलबार स्पष्टीकरण बुझाएका हुन् । गृहले उनीहरूलाई आइतबार स्पष्टीकरण सोधेको थियो । उनीहरूलाई सेवाबाट हटाउने तयारीस्वरूप स्पष्टीकरण सोधिएको एक अधिकारीले बताए । सेवाबाट हटाउनुअघि उनीहरूलाई सफाइको मौका दिइएको ती अधिकारीले बताए । एआइजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिको रायका आधारमा एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई सेवाबाट हटाउन लागिएको हो । उनीहरूमाथि अनुसन्धानमा चरम लापरबाही गरेको तथा पदीय जिम्मेवारी बहन गर्न नसकेको आरोप छ ।

दुवैलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी सेवाबाट हटाउन प्रहरी प्रधान कार्यालयले सिफारिस गरेको थियो । दुवैजना दुई महिनादेखि निलम्बनमा छन् । छानबिनको क्रममा उनीहरूको चरम लापरबाही देखिए पनि अभियुक्तलाई संरक्षण गरेको भने नखुलेको बताइएको छ ।

इन्चार्जको हिसाबले उनीहरूलाई मुख्य जिम्मेवारका रूपमा लिई सेवाबाट हटाउन लागिएको गृह मन्त्रालयले जनाएको छ । इन्स्पेक्टर भट्ट घटनाका वेला वडा प्रहरी कार्यालय, महेन्द्रनगरमा कार्यरत थिए । निर्मला हराएको भनेर खोजिदिन आमाले आग्रह गर्दा उनले राति नभ्याउने भन्दै उदासिनता देखाएका थिए ।

गत १० साउनमा निर्मलाको बलात्कारपछि हत्या भएको थियो । घटनाको २५औँ दिनमा स्थानीय युवक दिलीपसिंह विष्टलाई प्रहरीले अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । तर, स्थानीय बासिन्दाले मानसिक रोगीलाई अभियुक्त बनाएर वास्तविक अपराधी जोगाउन खोजेको भन्दै आन्दोलन गरेका थिए नयाँ पत्रिकामा खबर छ ।  

 

प्रतिकृया दिनुहोस

देउवाविरुद्ध पार्टी मुख्यालयमा नेविसंघको चर्को नाराबाजी

काठमाण्डौ, मंसिर १ ।  नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी नेतृत्वविरुद्ध चर्को  नाराबाजी गरेको

‘नेपाल आइडल सिजन २ ’ - रवि ओड ‘टप ७’ मा पुग्न सफल

काठमाडौं, कार्तिक ३० । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन २ ’ मा सुदूरपश्चिमका  एक्ला प्रतिस्पर्धि रवि ओड ‘टप ७’ मा पुग्न सफल

अन्तर प्रदेश परिषद् बैठक मंसिरमा हुने

काठमाण्डौ , कात्तिक ३० । गत भदौ २५ गते आयोजना गरिएको अन्तरप्रदेश परिषद् बैठक अन्तिम समयमा स्थगित भएपछि अब मड्सिरमा बस्ने भएको छ । भदौमा स्थगित बैठकलाई