'परिणाम मुखी बार्ताको लागी तयार छौं' -ओम प्रकाश पुन ( बिप्लप माओबादी )

अत्तरिया ,कार्तिक ८ । 
बिप्लप नेत्रित्वको नेकपा माओबादीका पोलिटब्युरो सदस्य ओम प्रकाश पुनले तत्काल आफुहरुले युद्धको योजना नबनाएको बताउनु भएको छ । आज गोदावरी एफ एम सँग बिषेश कुराकानी गर्दै उँहाले यस्तो बताउनु भएको हो । 'तकाल युद्ध वा अन्य ध्वन्सात्मक कार्यक्रम गर्दैन', उँहाले भन्नु भयो- 'सरकारको रबैया ठीक छैन, हतियार उठाउने नउठाउने कुरा सरकारमा भर पर्छ'।

करिब ९० दिन हिरासतमा रहेर अदालतको आदेशमा रिहा भएका नेता पुनले सरकार सँग अर्थपूर्ण बार्ताको लागी तयार रहेको बताउनु भयो।बर्तमान सरकार जन-जिबिकाको सवालमा पूर्ण रुपमा असफल रहेको समेत उँहाको भनाई रहेको छ।उँहाले स्थानिय सरकारले बिकासको काममा चरम लापरबाही र भ्रष्टाचार गरिरहेको आरोप लगाउनु भयो । नेता पुनले समाजबादी शासन ब्यबस्था नेपालमा स्थापित गर्न आफुहरुको लंडाई जारी रहेको प्रष्ट पार्नु भयो ।

 

बहुमतको सरकार बनेपनि सरकार प्रती जनताको निराशा बढदै गएको उँहाको आरोप रहेको छ । उँहाले पार्टीको मुल नेत्रित्व बिप्लप भुमिगत नभएर जनताको बिचमा नै रहेको बताउनु भयो । बिपल्प माओबादीले चन्दा आतंक बढाएको हो भन्ने प्रश्नमा उँहाले भन्नु भयो - जनता र शुभचिन्तकहरुले आफ्नो इच्छा अनुसार दिएको रकम बाहेक अरु कुनै जबर्जस्ती गरेका छैनौ ।         

प्रतिकृया दिनुहोस

नेपाली कांग्रेस कैलालीको प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु

धनगढी,माघ ५ ।  नेपाली कांग्रेस कैलालीको  प्रशिक्षण कार्यक्रम आज (शनिबार) देखि धनगढीमा सुरु भएको छ ।प्रशिक्षणमा जिल्ला भरका झण्डै ५ सय नेता

रवीन्द्र मिश्रको खुल्ला पत्र :हामी अलमलियौं होला, तर मुलबाटो छोडेका छैनौं

काठमाण्डौ,माघ ४ ।    गत केही दिनदेखि तपाईंहरूलाई एउटा पत्र लेख्ने रहर थियो, तर तपाईंहरू सबैलाई अवगत रहेको पार्टीको पछिल्लो स्थितिका कारण लेख्न

सीडीओ शक्तिशाली बनाएपछि रिसाए मुख्यमन्त्री

काठमाडौं , माघ ४ ।   संघीय सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारले असन्तुष्टि जनाएका छन्। देश संघीयतामा गइसके