टीकापुर अस्पतालमा नगरवासीलाई नि:शुल्क रक्त सेवा दिन शुरु

टिकापुर,कार्तिक ८ । 
टीकापुर नगरपालिकाले बिहीवार (आज) देखी  टीकापुर अस्पतालमा उपचार गर्ने नगरवासीलाई निशुल्क रक्त सेवा दिने भएको छ ।नेपाल रेडक्रस सोसाइटी टीकापुर उप- शाखासँगको सहकार्यमा नगरपालिकाले  सो कार्यक्रम सुरु गरेको हो । सो सम्बन्धि सम्झौतामा आज नेपाल रेडक्रम सोसाइटी टीकापुर र टीकापुर नगरपालिकाका बिचमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

 

टीकापुर अस्पतालमा उपचार गर्ने क्रममा कुनै पनि नगरवासीलाई रगत आवश्यक परेमा निशुल्करुपमा रगत उपलब्ध गराउन नगरपालिकाले यो कार्यक्रम ल्याएको हो ।अहिले सम्म टीकापुर ब्लड बैंकबाट रगत लिदा सबै खालका परिक्षणका लागि ८ सय ५० रुपैया शुल्क लाग्ने गरेको थियो ।टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले  खर्चको अभाबमा  नगरवासीहरु रक्त सेवाबाट बञ्चित हुनु नपरोस भनेर यस वर्षको कार्यक्रममा यो व्यवस्था गरेको बताए ।सम्झौता अनुसार सो कार्यक्रमका लागि सुबिधा लिनका लागि टीकापुरको वासिन्दा भएको प्रमाणित भएको कागज अनिवार्य हुनु पर्ने व्यवस्था छ।
 

प्रतिकृया दिनुहोस

प्रचण्ड परिवारमा भाइरल ज्वरोको संक्रमण

काठमाडौ , माघ ८ । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डको परिवारमा भाइरल ज्वरोको संक्रमण देखिएको छ । प्रचण्डपत्नी सीता दाहाल सुमेरु

३ महिनाको बच्चाको दुर्लभ हर्निया अप्रेसन सफल

धनगढी,पुस १५ ।   जन्मजात हर्निया हुने समस्या आजभोलि बढ्दै गए पनी हर्नियामा आन्द्रा अड्किएको समस्या बिरलै हुने गर्छ । धनगढी उपमहानगरपालिका ५,

निसर्ग हस्पिटलको नि:शुल्क बृहत विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

धनगढी,पुस १५  निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि. हसनपुर, धनगढी-५, कैलालीको प्राविधिक सहयोग तथा बागेश्वरी कृषि सहकारी संस्था लि. को आयोजनामा