निर्मला हत्या प्रकरण - सात समिति बने तर प्रगति शून्य

फोटो फाइल

कन्चनपुर , कार्तिक ९ । 
कन्चनपुर कि बालिका निर्मला पन्तको बलत्कार पछि हत्या घटना अनुसन्धानमा आधा दर्जन बढी समिति छन्। प्रहरी महानिरीक्षक खनालको निर्देशनमा बनेका यी सबै समितिहरूको नतिजा के छ प्रधान कार्यालयले सार्वजनिक गरेको छैन। प्रगती अहिले सम्म शुन्य जस्तै देखिएको छ ।  शून्य स्थितिबाट अब कसरी अनुसन्धान गर्नेबारे प्रधान कार्यालय र प्रहरी अधिकारीहरू नै अन्यौलमा परेका छन्। प्रहरी प्रवक्ता सुवेदीका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले निर्मला बलात्कार-हत्यामा औपचारिक अनुसन्धान गरिरहेको छ।

सोही अनुसन्धानको ‘सहयोगी भूमिका’ मा अन्य प्रहरी अधिकृतहरू संलग्न अनौपचारिक समिति छन्। एआइजी धिरु  बस्नेतको नेतृत्वको टोलीले प्रहरी कर्मचारीबारे अनुसन्धान गरी जिम्मेवारी पूरा गरिसकेको छ। यो समितिलाई निर्मला बलात्कार-हत्या अनुसन्धानमा प्रहरी अनुसन्धान र प्रहरी भूमिकाबारे अनुसन्धान गर्ने कार्यादेश छ। समितिले अनुसन्धान प्रतिवेदन बुझाइसकेको भने छैन।

यसबाहेक सात नम्बर प्रदेश प्रहरी, विशेष ब्युरो, अन्वेषण महाशाखाका डिएसपी रमेश थापा, महिला निर्देशनालयकी एसपी दुर्गा सिंह, एसपी दीपक रेग्मीको छुट्टाछुट्टै टोली छन्।प्रवक्ता सुवेदीका अनुसार हालसम्म भएको अनुसन्धानको रिपोर्टबारे आफूले पनि बुझ्नैपर्ने बताए। उल्लेखित समितिहरू कुनै न कुनै रुपमा सक्रिय रहेको उनले बताए। ‘यी सबै समितिले मुख्य समितिलाई सहयोग गर्छन्,’ उनले भने, ‘तर, यसको प्रगतिबारे अहिल्यै मैले भन्ने अवस्था छैन।’


गत साउन ११ गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको लाश फेला परेको थियो। अघिल्लो दिन साथी रोशनी बमको घर गएकी निर्मलाको बलात्कारपछि हत्या भएको थियो।उखुबारीमा भेटिएको उनको शवको मुचुल्का प्रहरीले हतार–हतार मात्र उठाएन, जलाउन पनि उति नै छिटो परिवारलाई दबाब दिएको थियो।पर्याप्त अनुसन्धानबेगरै प्रहरीले घटना सामसुम पार्न खोजेको थियो। तर, निर्मला प्रकरणलाई लिएर जनता उर्लिएपछि प्रहरीले घटना अनुसन्धान त थाल्यो। तर, अनुसन्धानमा दोषि देखिएका भनिएका दिलीपसिंह विष्ट अदालतबाट साधारण तारेखमा छुटे।

कमजोर अनुसन्धान गरेको आरोपमा कञ्चनपुरका एसपी विष्टसहित ६ प्रहरी निलम्बनमा परे। केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएका प्रहरी पनि अनुसन्धानमा लापरबाही गरेको आरोप लागेर निलम्बनमा परे।अनुसन्धान क्रममा पक्राउ परेका रोशनी र बबिता बम दिदीबहिनीलाई भदौ २६ गते सरकारी वकिल कार्यालयले नै छोडिदियो। ‘संलग्नता छैन, हिरासतमा राख्न पर्दैन’ भनी सरकारी वकिलको कार्यालयले मुद्दा नचलाई छोडिदिएको थियो।प्रमाण ‘नष्ट गरेको’ अभियोगमा दुई प्रहरी अधिकृत बर्खास्तमा  परे पनि निर्मलाका बाबु-आमाले न्यायको सास फेर्न पाएका छैनन्।

souce news 

प्रतिकृया दिनुहोस

देउवाविरुद्ध पार्टी मुख्यालयमा नेविसंघको चर्को नाराबाजी

काठमाण्डौ, मंसिर १ ।  नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी नेतृत्वविरुद्ध चर्को  नाराबाजी गरेको

‘नेपाल आइडल सिजन २ ’ - रवि ओड ‘टप ७’ मा पुग्न सफल

काठमाडौं, कार्तिक ३० । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन २ ’ मा सुदूरपश्चिमका  एक्ला प्रतिस्पर्धि रवि ओड ‘टप ७’ मा पुग्न सफल

अन्तर प्रदेश परिषद् बैठक मंसिरमा हुने

काठमाण्डौ , कात्तिक ३० । गत भदौ २५ गते आयोजना गरिएको अन्तरप्रदेश परिषद् बैठक अन्तिम समयमा स्थगित भएपछि अब मड्सिरमा बस्ने भएको छ । भदौमा स्थगित बैठकलाई