पिपिएलमा धनगढी ब्लूज पराजित

पोखरा ,कार्तिक १० । 
सर्बाधिक धनराशीको पोखरा पि्रमियर लिग क्रिकेटमा प्रतियोगितामा धनगढी ब्लूज पराजित भएको छ । काठमाडौं रोयल्स सँग धनगढी १७ रनले 
पराजित भएको हो ।

शनिबार भएको आफ्नो पहिलो खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले दिपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहेको धनगढी ब्लूजलाई सजिलै पराजित गरेको हो ।  

काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो । उसका कप्तान ऐरीले ५४ रन बनाए ।यसअघि पहिले ब्याटिङ गरेको काठमाडौं रोयल्सले गौरभ टोमारको शानदार ब्याटिङको मदतमा २० ओभरमा ३ विकेट गुमाएर १८० रन बनाएको थियो ।

४४ बलको सामना गरेका टोमारले १० छक्का र चार चौकाको मदतमा ९५ रन बनाए ।नरेश बुढायरले ३६ रनमा नटआउट रहे ।प्रतियोगिता अन्तर्गत आईतवार बिराटनगर टाईटान्स र धनगढि ब्लुज बिच बिहान ९ बजे खेल हुने छ। 
 

प्रतिकृया दिनुहोस

नेपाल पुलिस क्लबलाई सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि

धनगढी,माघ ५ ।   नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा भएको

नेपाल पुलिस क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा

धनगढी,माघ ३ ।  नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । निर्धा्रित समयमा खेल

रुस्लान थ्री स्टार क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा

धनगढी,माघ २ ।  रुस्लान थ्री स्टार क्लबले मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै तेस्रो नेपाल आइस अन्तराष्ट्रिय