काभ्रेमा भएको दुर्घटनामा नेपाल प्रहरीका डिआइजी सहित ३ जनाको मृत्य

काभ्रे , कात्तिक ११ ।

काभ्रेमा जिप दुर्घटना हुदा नेपाल प्रहरीका एक उच्च अधिकृत (डिआइजी) सहित ३ जनाको मृत्यु भएको छ । बा ३ च २८७ नम्बरको जिप हिजो दिउसो दुर्घटनाग्रस्त हुँदा नेपाल प्रहरीका डिआइजी सुशील भण्डारी सहित तीन जनाको मृत्यु भएको हो । डिआइजी भण्डारीसँगै ट्रेड युनियन कांग्रेसका प्रदेश–३ संयोजक विनोद कार्की र पत्रकार जीवन पराजुलीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भण्डारीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

 

पराजुली र कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अरु तीन जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा काभ्रेका ४२ वर्षका धनराज पुरी, चालक काभ्रेकै प्रदीप बोगटी र काठमाडौँका विनोदकुमार गौतम छन ्। उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सहि कण्डीसनमा नरहेको उक्त जिप सडकबाट झण्डै आठ सय मिटर तल खसेको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

देउवाविरुद्ध पार्टी मुख्यालयमा नेविसंघको चर्को नाराबाजी

काठमाण्डौ, मंसिर १ ।  नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी नेतृत्वविरुद्ध चर्को  नाराबाजी गरेको

‘नेपाल आइडल सिजन २ ’ - रवि ओड ‘टप ७’ मा पुग्न सफल

काठमाडौं, कार्तिक ३० । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन २ ’ मा सुदूरपश्चिमका  एक्ला प्रतिस्पर्धि रवि ओड ‘टप ७’ मा पुग्न सफल

अन्तर प्रदेश परिषद् बैठक मंसिरमा हुने

काठमाण्डौ , कात्तिक ३० । गत भदौ २५ गते आयोजना गरिएको अन्तरप्रदेश परिषद् बैठक अन्तिम समयमा स्थगित भएपछि अब मड्सिरमा बस्ने भएको छ । भदौमा स्थगित बैठकलाई