पिपिएल किर्केट प्रतियोगितामा धनगढी ब्लुजको शानदार जित

धनगढी ब्लुजले विराटनगर टाइटन्सलार्इ ७८ रनले  पराजित
पोखरा ,कार्तिक ११ । 
पाेखरामा  जारि पाेखरा प्रिमियर लिगमा धनगढी ब्लुजले विराटनगर टाइटन्सलार्इ ७८ रनले  पराजित गरेकाे छ । धनगढीले दिएकाे १८२ रनकाे लक्ष्य पछ्याउने क्रममा विराटनगर निर्धारित २० अाेभर नखेलि १६.४ अाेभरमा १०४ रनमा समेटिएकाे हाे ।

विराटनगरका लागि सुनिल धमलाले २१ रन, मोहमद जायदले १९ रन , एन्ड्रयु शुबिक्सनले १८ रन र कप्तान सन्दीप लामिछानेले १० रन बनाएका थिए । बलिङ तर्फ धनगढीका डान लरेन्सले ३ र दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए ।
विराटनगरका लागि जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट , जाइद खान, सन्दीप लामिछाने, किशोर महतो र सुनिल धमलाले समान एक/एक विकेट लिए ।

यसअघि टस हार्दै ब्याटिङकाे निम्ताे पाएकाे धनगढीले  निर्धारित २० अाेभरकाे खेल सकिदा सबै विकेटकाे गुमाइ एक सय ८२  रनकाे याेगफल तयार पारेकाे थियाे । उसका लागि पिटर ट्रेगाेले अर्धशतकीय पारी खेलेका थिए । उनले ५३ रनकाे याेगदान गरे । कप्तान दिपेन्द्र सिंह एेरिले २९, साैरभ खनालले विस्फाेटक ब्याटिङ गर्दै ४१ रन बनाए ।

प्रतिकृया दिनुहोस

एल पि एल - सिद्धार्थ र लिटिल फ्लावर सेमीफाईनलमा

धनगढी , मंसिर ०२ धनगढीमा जारी तेस्रो निस्ट लिटिल फ्लावर प्रिमियर लिगमा सिद्धार्थ शिशु सदन र लिटल फ्लावर बोर्डीङ स्कुल विजयी भएका छन्। आजको पहिलो

भोलीदेखि जेटी कप क्रिकेट प्रतियोगिता सुरु हुदै, खेलको सबै तयारी पूरा

गोविन्द बीसी , बौनिया , कार्तिक,३० चौथो संस्करण अन्तर्गतको जेटी कप क्रिकेट प्रतियोगिता भोली ृशनिबारे देखि सुरु हुने भएको छ ।  कैलालीको बर्दगोरिया

धनगढी प्रिमियर लिग - तेस्रो संस्करण माघ १९ गतेदेखि फागुन ४ गतेसम्म हुने

काठमाडौं , कात्तिक ३० । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) टी २० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आगामी माघ १९ गतेदेखि फागुन ४ गतेसम्म धनगढीमा