कैलालीमा यस वर्ष हात्तीपाइले रोग बिरुधको औषधी झण्डै साढे ८ लाख जनसंख्यालाई खुवाइने

फागुन ११ , धनगढी।  
     हात्तीपाइले रोग निवारणका लागि कैलालीमा यस वर्ष साढे ८ लाख जनसंख्यालाई औषधि खुवाइने भएको छ । जिल्ला जनश्वास्थ्य कार्यालयले हात्तीपाइले रोग निवारण आम औषधि सेवन अभियान अन्त्रगत शुक्रबार  पत्रकार सम्मेलन गरि सो कुराको जानकारि दिएको हो । अभियानको कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रशाद रिजालले हात्तीपाइले बिरुधको औसधी खाएर शुभारम्भ गरेका हुन  ।  सन २०२० सम्म देशबाट  हात्तीपाइले रोग मुक्त गर्ने लक्ष्य लिएको छ ।

 
औषधी खाएर अभियानको शुभारम्भ गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रशाद रिजाल ।  

       कैलालीमा  विगत ५ बर्षदेखि कैलालीमा लगातार औषधि  खुवाइएको भएपनि प्रभावकारि भने हुन नसकेको जिल्ला जनस्वास्थ्य कार्यलय कैलालीका प्रमुख  टंक चापागाइले जानकारि दिए  । सबैभन्दा बढी जनसंख्या भएका टिकापुर , साढेपानि लगाएतका ठाउहरुमा रोगको संक्रमण उच्च रहेको भेटिएको छ । कैलाली जिल्लामा अर्थिक बर्ष २०७३-७४मा ६९ प्रतिशत जनसँख्यामा औशधीको पहुंच पुगेको जिल्ला जनस्वास्थ्य कार्यलय कैलालीले जनाएको छ ।  सन २००३ मा पर्सा जिल्लाबाट सुरु भएको अभियान  अभियान अहिले  देशका २४ जिल्लामा संचालनमा रहेको छ ।

      फागुन १२, १३ र १४ गते २४ जिल्लामा औषधि खुवाउने अभियान सञ्चालन गर्ने इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हात्तीपाइले रोगका औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोग तथा अरु कुनैपनि रोगका सिकिस्त बिरामीले नखान डाक्टरहरुले सुझाव दिका छन् । हात्तिपाइले विरुद्धको औषधि खाली पेटमा नखान पनि डाक्टरले सल्लाह दिएका छन् ।

प्रतिकृया दिनुहोस

'निर्मला पन्त हत्या घटनाको प्रमाण नष्ट गर्नेविरुद्ध फौजदारी अभियोग लगाउनु पर्छ' - डा. गोबिन्द केसी

धनगढी,मंसिर १५ ।  डा. गोविन्द केसीले निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको प्रमाण नष्ट गर्नेविरुद्ध फौजदारी अभियोग लगाएर कारवाही गर्नुपर्ने

अस्पतालहरु सेवा बिहिन-सुदुरपश्चिम प्रदेशबाट ठुलो संख्यामा स्टाप नर्सहरुको सरुवा

अत्तरिया,मंसिर ५ ।   सुदूरपश्चिम प्रदेशबाट स्वास्थ्य सेवा विभागले २० जना स्टाफ नर्सको सरुवा गरेको छ। विभागले सोमबार जारी गरेको स्टाफ नर्सको नयाँ