डडेल्धुरा अमरगढीका मेयर ओझाले गरे मेयर कोषको स्थापना

डडेल्धुरा ,कार्तिक १३। 
अमरगढी नगरपालीकाका नगरप्रमुख विशेश्वर प्रसाद ओझाले मेयर कोषको स्थापनन गर्ने घोषण गर्नु भएको छ ।  नगरप्रमुख ओझाले सरकारी  सेवासुविधा बाट प्राप्त केही अंश कोषको रुपमा  बचत गरी उक्त रकमको कोष निर्माण गर्ने घोषण  गरेका हुन्। नगर क्षेत्रमा रहेका टुहुरा  बालबालीका,वृद्धंं वृद्धा, असहाय अपाङ् तथा बेसाहाराका लगि राहत स्वरुप आर्थीक सहयोग गर्ने उद्धेश्याले  मेयर कोषको स्थापना गरेको ओझाको भनाई छ। उँहाले  एक कार्यक्रमकाबीच कोष स्थापना गर्ने बताउंदै भन्नु भयो - "कार्तिक महिनाको तलब तथा बैठक भत्ताको रकम मेयर कोषमा संचित गरी कोषको स्थापन गर्ने छु" । नगरप्रमुख ओझाले यसअघि नगर क्षेत्रर अन्तर्गत भागेश्वर माध्यामिक विद्यालय टाँटरमा बुबाको समझनामा १ लाख १९ हजार १ सय ११ को अक्षय कोषको स्थापना गरेका छन्। नगरपालीकाको वडा नं १ स्थित लटेश्वर आधारभूत विद्यालय मालममा मुक्त हलिया परीवारका वालबालिकाहरुलाई समेत मेयरले शैक्षिक सामग्री वितरण गरेका छन्। आफुले पाएको सेवा सुविधाबाट अक्षयकोष स्थापनामा लागेका मेयरले आफनो जन्मदिनको अवसर  पारेर अमरगढी नगरपालिका वडा नं ८ ढाँटगाँउका ६०  वर्षीय  अजब सार्कीको घर निर्माण सामग्री उपलब्ध गराएका छन् । 

प्रतिकृया दिनुहोस

प्रचण्ड परिवारमा भाइरल ज्वरोको संक्रमण

काठमाडौ , माघ ८ । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डको परिवारमा भाइरल ज्वरोको संक्रमण देखिएको छ । प्रचण्डपत्नी सीता दाहाल सुमेरु

३ महिनाको बच्चाको दुर्लभ हर्निया अप्रेसन सफल

धनगढी,पुस १५ ।   जन्मजात हर्निया हुने समस्या आजभोलि बढ्दै गए पनी हर्नियामा आन्द्रा अड्किएको समस्या बिरलै हुने गर्छ । धनगढी उपमहानगरपालिका ५,

निसर्ग हस्पिटलको नि:शुल्क बृहत विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

धनगढी,पुस १५  निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि. हसनपुर, धनगढी-५, कैलालीको प्राविधिक सहयोग तथा बागेश्वरी कृषि सहकारी संस्था लि. को आयोजनामा