प्रदेश सरकारका मुख्य माहान्याधिबक्ता मोटरसाईकलमा, समितीका सभापतीहरु भाडाको गाडीमा

धनगढी,कार्तिक १४ 
सुदूरपश्चिम प्रदेश समितिका सभापतिहरु भाडामा गाडी  लिएर चढन थालेका छन् । सार्वजनिक खरिद ऐनअन्तर्गत सार्वजनिक सूचना जारी गरी गाडी भाडामा लिनुपर्ने प्रावधान भएपनि प्रक्रिया पुर्‍याइएको छैन। प्रदेश सरकारले गाडी उपलब्ध नगराएको भन्दै चारवटा समितिका सभापतिले एउटा गाडीको दैनिक ४ हजार रुपैयाँ भाडा तिर्ने गरी भाडामा लिएका हुन् । तर प्रदेश सरकारका मुख्य माहान्यायधिबक्ता कुलानन्द उपाध्यायले अहिले सम्म गाडी माग गरेका छैनन् । सुबिधाको हिसाबले सबै भन्दा बढी तलब पाउने भएपनी उनलाई प्रदेश सरकारले गाडी उपलब्ध गराएको छैन। "मैले सुरक्षा गार्ड ,गाडी क्वाटर सबै पाउनु पर्ने हो तर हतार गरेको छैन,"उपाध्यायले भने-"एक दुई पटक गाडीको लागी माग गरेको हुँ तर खासै वास्ता भएन आबस्यक परे पछि लिंउला भनेर चुप बसेको छु"।यस्तै प्रदेशसभाले एक महिनाअघि सुदूरपश्चिम प्रदेशमा अर्थ विकास तथा प्राकृतिक समितिको सभापतिमा हर्कबहादुर कुँवर (गोविन्द), सामाजिक विकास समितिमा कुन्ती जोशी, विधायन तथा प्रदेश मामिला समितिमा नेपालु चौधरी र सार्वजनिक लेखा समितिमा कुमारी नन्दा बमलाई चयन गरेको थियो । सरकारले गाडी सुबिधा नदिएपछि भाडामा गाडी लिनु परेको समितीका सभापतीहरुले बताएका छन् । बजेटको  अभाव र सरकार सँग थप  गाडी नहुँदा  सभापतिलाई गाडी उपलब्ध गराउन नसकेको संसद् सचिवालयले जनाएको छ। चालु आर्थिक वर्ष सवारी भाडा शीर्षकमा रकम राख्न माग गर्दै प्रदेशसभा सचिवालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिसकेको छ।  सरकार गठन भएलगत्तै सभामुख र उपसभामुखलाई गाडीको व्यवस्था गरिए पनि अन्य पदाधिकारीलाई व्यवस्था हुन सकेको छैन। सचिवालयमा सभामुख, उपसभामुख, सत्तापक्षका नेता, प्रतिपक्षका संसदीय दलका नेता, ४ वटा सभापति र सचिव गरी ९ वटा गाडी आवश्यक रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

नेपाली कांग्रेस कैलालीको प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु

धनगढी,माघ ५ ।  नेपाली कांग्रेस कैलालीको  प्रशिक्षण कार्यक्रम आज (शनिबार) देखि धनगढीमा सुरु भएको छ ।प्रशिक्षणमा जिल्ला भरका झण्डै ५ सय नेता

रवीन्द्र मिश्रको खुल्ला पत्र :हामी अलमलियौं होला, तर मुलबाटो छोडेका छैनौं

काठमाण्डौ,माघ ४ ।    गत केही दिनदेखि तपाईंहरूलाई एउटा पत्र लेख्ने रहर थियो, तर तपाईंहरू सबैलाई अवगत रहेको पार्टीको पछिल्लो स्थितिका कारण लेख्न

सीडीओ शक्तिशाली बनाएपछि रिसाए मुख्यमन्त्री

काठमाडौं , माघ ४ ।   संघीय सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारले असन्तुष्टि जनाएका छन्। देश संघीयतामा गइसके