पोखरा प्रिमियर लिग (पिपिएल) मा धनगढीको दोस्रो जित

पोखरा , कात्तिक १५ ।

एक्सपर्ट धनगढी ब्लुजले पोखरा प्रिमियर लिग (पीपीएल) मा दोस्रो जित निकालेको छ । अंक तालिकाको शिर्ष स्थानमा रहेको बुटवल ब्लास्टरलाई २० रनले हराउँदै धनगढीले दोस्रो सानदार जित निकालेको हो । यो जितसँगै धनगढी सहभागी ५ टीमको समान ४÷४ अंक जोड्दा रनरेटका आधारमा पाँचौ स्थानमा रहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले पूरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ६१ रन बनायो ।

 

ओपनिङमा आएका दिलिप नाथ र सुबेन्दु पाण्डे १०÷१० रन बनाउँदा आउट हुँदा तेस्रो विकेटको रुपमा पिटर टे«गो १४ रन बनाए आउट भए । चौथो विकेटका लागि दिपेन्द्र सिंह ऐरी र डान लोरेन्सले प्रतियोगिताकै सबैभन्दा ठुलो १ सय ८ रनको साझेदारी गरेपछि धनगढीले सम्मानजनक स्कोर खडा गरे । लोरेन्स ३९ बलमा ५२ रन बनाउँदा आउट भए भने दिपेन्द्र ३९ बलमा ५६ रन बनाउँदै अविजित रहे । सौरभ खनालले ४ बलमा १३ रन बनाए । बुटवलका विपिन खत्रीले दुई तथा रोहन मुस्तफा र अविनाश बोहराले एक÷एक विकेट लिए । पोखरा रंगशालाको मैदानमा १ सय ६२ को लक्ष्य पछ्याएको बुटवलले पूरा ओभर खेल्दा ६ विकेट गुमाएर १ सय ४१ रन मात्र बनाउन सक्यो । बुटवलका दुवै ओपनर रन आउट भए । सागर पुन १ रन बनाउँदा र रोहन मुस्तफा २० रनमा आउट भए । चिराग सुरीले ५४ बलमा ७९ रन बनाए । भीम सार्की ५ रन बनाउँदा र शंकर राना शून्यमै आउट भए । सिद्धान्त लोहनीले १२ रन बनाए । सोमपाल कामीले १२ रन बनाए ।

 

धनगढीका सागर ढकालले दुई र डान लोरेन्स र कमल सिंह ऐरीले एक एक विकेट लिए । धनगढी ब्लुजले अब लिग चरणको अन्तिम खेलमा भोलीे पोखरा पल्टन विरुद्ध खेल्नेछ । धनगढी ब्लुज एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसको स्वामित्वमा छ । यसका ग्लोबल प्रवन्ध निर्देशक एवम् मालिक सन्जिव शर्मा र बद्री अर्याल रहेका छन् । टीम प्रशिक्षकमा मनोज कटुवाल र टीम व्यवस्थापकमा सुवाश प्रधान रहेका छन् । यसको शाखा धनगढीमा रहेकोले यो क्षेत्रलाई चिनाउनका लागि धनगढीकै नाम आउने गरी एक्सपर्ट धनगढी ब्लुजको नामवाट प्रतियोगितामा सहभागीता जनाएको धनगढीका निर्देशक दिपेन्द्र चौधरीले जानकारी दिए । एक्सपर्ट धनगढी ब्लुजलाई एक्सपोर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजको मुख्य प्रायोजन र एजुकेशन सेन्टर अफ अष्ट्रेलिया सह प्रायोजन गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

एल पि एल - सिद्धार्थ र लिटिल फ्लावर सेमीफाईनलमा

धनगढी , मंसिर ०२ धनगढीमा जारी तेस्रो निस्ट लिटिल फ्लावर प्रिमियर लिगमा सिद्धार्थ शिशु सदन र लिटल फ्लावर बोर्डीङ स्कुल विजयी भएका छन्। आजको पहिलो

भोलीदेखि जेटी कप क्रिकेट प्रतियोगिता सुरु हुदै, खेलको सबै तयारी पूरा

गोविन्द बीसी , बौनिया , कार्तिक,३० चौथो संस्करण अन्तर्गतको जेटी कप क्रिकेट प्रतियोगिता भोली ृशनिबारे देखि सुरु हुने भएको छ ।  कैलालीको बर्दगोरिया

धनगढी प्रिमियर लिग - तेस्रो संस्करण माघ १९ गतेदेखि फागुन ४ गतेसम्म हुने

काठमाडौं , कात्तिक ३० । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) टी २० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आगामी माघ १९ गतेदेखि फागुन ४ गतेसम्म धनगढीमा