सात नम्बर प्रदेशमा लगानी गर्न अर्थ मन्त्री बोहोराको उधोगी ब्यबसायीहरुलाई आग्रह

अार्थिक मामिला तथा योजना मन्त्री झपट बोहराललाई स्वागत गर्दै नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष भबानी राणा (तस्बिर - भरत बोहोराको फेसबुकबाट )

फागुन ११ , अत्तरिया  ।
   प्रदेश नम्बर ७ का अार्थिक मामिला तथा योजना मन्त्री  झपट बोहराले नेपाल उधोग  बाणिज्य महासंघका प्रतिनिधि सँग भेटघाट गरेका छन ।उनले  शुक्रबार  माहासंघका अध्यक्ष भवानी राणा र अन्य पदाधिकारी  संग भेटघाट गरेका हुन  । मन्त्री बोहराले भेटका क्रममा सात नम्बर प्रदेशमा लगानीको  धेरै सम्भाबना रहेकोले  निजि क्षेत्रले अब लगानी गर्नु पर्नेमा जोड दिए  ।

   उनले  जलविद्युत ,पर्यटन ,कृषि र जडीबुडीमा  मा लगानी गर्न विशेष अनुरोध गरेको उनका सहयोगी भरत बोहोराले जानकारी दिए  । जवाफमा अध्यक्ष राणाले प्रदेश नम्बर ७ को अार्थिक विकासका लागि अाफुहरुको सक्दो  सहयोग रहने बताईन  उनले भनिन - प्रदेशमा नितिगत रुपमा अौधोगिक वातावरण तयार गर्नहोस हाम्रो साथ रहन्छ ।   अध्यक्ष राणाले ७ नम्बर प्रदेश संग जोडिएका भारतका  उत्तरप्रदेश र उत्तराखण्ड संग अौधोगिक लगानीका लागि पनि सहकार्य गरि प्रदेश समृद्धि गर्न सुझाब दिईन  ।

 अर्थ मन्त्रालयको जिम्मा सम्हालेको केही दिन मै मन्त्री बोहोराले अन्य प्रदेशमा अधोगिक एबम आर्थिक भेटघाटलाई तिब्रता दिएका छन ।  

प्रतिकृया दिनुहोस

प्रदेश सात सरकारले सार्बजनिक गरेको बजेटको पूर्णपाठ

धनगढी ,असार १ ।  ७ नम्बर प्रदेशको सरकारले आगामी आर्थिक बर्षको बजेट शुक्रबार  संसदमा प्रस्तुत गरेको छ । अर्थ मन्त्री झपट बोहरालले प्रदेश सभामा

प्रदेश नं ७ सरकारद्धारा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत, भुंढी ठुलो र हातखुट्टा मसिनो भएको मान्छे जस्तो बजेट -प्रतिपक्ष

धनगढी ,असार १ ।  ७ नम्बर प्रदेशको सरकारले आगामी आर्थिक बर्षको बजेट आज सार्वजनिक गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले

भोली संसदमा प्रदेश ७ को बजेट पेश हुने, ३ देखि ५ बर्ष भित्र प्रदेश ७ कृषिमा पुरै आत्म निर्भर हुने मन्त्री बोहराको दाबी

धनगढी ,जेठ ३१ ।  प्रदेश ७ को सरकारले आगामी आर्थिक बर्ष २०७५÷७६ का लागी झण्डै २५ अर्बको बजेट ल्याउने भएको छ । बजेट  भोली दिउसो ३ बजे संसदमा आर्थिक