पोखरा पल्टन पोखरा प्रिमियर लिग (पीपीएल) को फाईनलमा

पोखरा , कात्तिक १७ ।
पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल)मा घरेलु टोली पोखरा पल्टन फाइनलमा प्रवेश गरेको छ । आज पहिलो चरणका खेल सकिँदा अंक तालिकाको शीर्ष स्थानमा रहँदै आएको पोखरा अब फाइनल प्रवेश गरेको छ । आज पोखरा र काठमाडौं रोयल्स बिच भएको खेलमा पोखराले काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गञ्यो । पहिलो चरणको खेल सकिँदा पोखराले ३ खेलमा जित हासिल गर्दै ६ अंक जोडेको छ । रनरेटको आधारमा सबैभन्दा अगाडि रहेकाले पोखरा सिधै फाइनल प्रवेश गरेको हो ।

 

त्यस्तै समान ३ र ३ खेल खेलेको चितवन राइनोज र काठमाडौं रोयल्सले भने फाइनल प्रवेशका लागि इलिमिनेटरमा भिड्नुपर्नेछ । नेट रनरेटमा चितवन दोस्रो र काठमाडौं तेस्रो स्थानमा छ । कुल ६ वटा क्लब रहेको पीपीएलमा विराटनगर टाइटन्स भने १ खेलमा मात्र जित हासिल गर्दै २ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ । त्यस्तै धनगढी ब्लुजले ३ र बुटवल ब्लास्टर्सले २ खेलमा जित हासिल गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

नेपाल पुलिस क्लबलाई सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि

धनगढी,माघ ५ ।   नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा भएको

नेपाल पुलिस क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा

धनगढी,माघ ३ ।  नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । निर्धा्रित समयमा खेल

रुस्लान थ्री स्टार क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा

धनगढी,माघ २ ।  रुस्लान थ्री स्टार क्लबले मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै तेस्रो नेपाल आइस अन्तराष्ट्रिय