सुप समाबेशी आधारभुत बिधालय अत्तरियाको ३ काठे पक्कि भवन उद्घाटन

अत्तरिया , कात्तिक १८ ।
सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिकाको वडा नं २ मा रहेको सुप समाबेशी आधारभुत बिधालयको ३ काठे पक्कि भवनको आज उद्घाटन गरिएको छ । गोदावरी नगरपलिकाका नगरप्रमुख हरि सिंह साउदले आज एक भब्य समारोहका बिच भवनको उद्घाटन गर्नुभएको हो । दिपावली तथा छठ पर्व २०७५ को शुभकामनाका आदानप्रदानका साथै विद्यालयको तीनकोठे भवन उद्घाटन कार्यक्रममा सहभागीहरुले आउदै गरेको दिपावली र छठको एक आपसमा शुभकामना साटासाट गरेका थिए । बिधालय ब्यबस्थापन समितिका अध्यक्ष मनि साउदको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरप्रमुख हरि संह साउद प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा बिशिष्ट अतिथी एलआर आई कलेज काठमाण्डौका संस्थापक यसोधरा पन्त , छाया नेपाल काठमाण्डौका कार्यकारी अधिकृत कमल थापा रहनुभएको थियो । यहि गएको बैशाख ३० गते राति आएको भिषण हावा हुरीले उक्त भवनमा लगाएको टिनहरु सबै उडाएपछि त्यहा आबासयि रुपमा अध्ययन गरिरहेका बालबालिकाहरुलाई निकै समस्या भैरहेको थियो ।

 

बिधालय ब्यस्थापन समिति र बिधालय प्रशासनले बिभिन्न सस्थाहरुमा सहयोगका लागि आग्रह गदै जादा छाया नेपाल काठमाण्डौ , गोदावरी नगरपालिकाको कार्यालय र गोदावरी नगरपालिका वडा नं २ का बिच त्रिपक्षिय सहयोग तथा समन्बयमा भएपछि उक्त भवनलाई पक्कि बनाइने निर्णय गरियो ।  आर्थिक सहयोग जुटाउन ३ महिना निकै समस्या भएको बिधालयले जनाएको छ । सहयोग मिलेपछि असारवाट काम गर्न सुरु गरिएको उक्त भवन पुरा भएपछि आज औपचारिक रुपमा उद्घाटन गरिएको हो । तिन कोठे भवनमा एक कोठा बिधालयको कार्यालय , एक कोठा कम्युटर कक्ष र अर्को कोठा पुस्तकालयका लागि छुट्याईएको बिधालयका संस्थापक मान बहादुर साउदले जानकारी दिए । उनले बिभिन्न निकायको सहयोगले गदै गर्दा आज सुदुरपश्चिम प्रदेश भरिका शारिरिक रुपले अशक्त एबम् अपाड्गता भएका बालबालिकाहरुका अध्ययनरत बिधालयले छोटो समयमै फड्को मारिरहेको बताए । कार्यक्रमको बोल्दै गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउँदले सु.प समाबेशी बिधालय सुदुरपश्चिम प्रदेशकै नमुना बिधालय रहेको बताए । उनले प्रदेशको राजधानीमा रहेको बिधालयको बिकाशका लागि आफुले ब्यक्तिगत र नगरपालिकाको तर्फवाट जुनसुकै सहयोज गर्न तयार रहेको बताए ।

 

 

सुदूरपश्चिम प्रदेश पछाडी पर्नुको मुख्य कारण हाम्रो मानसिकता हो उनले भने श्रोतसाधनमा सम्पन्न भएपनि हाम्रो मानसिकता गरिवी भएकाले विकासमा पछाडी पर्न गएका हौ । गोदावरी क्षेत्रलाई आर्थिक रुपमा सम्पन्न बनाउन विभिन्न सीपमुलक कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी गराउँदै नगरप्रमुख साउँदले गोदावरीमा केवुलकार सञ्चालन गर्न आफुले अध्ययन गरिरहेको जानकारी गराए । पाँचवर्ष भित्र गोदावरी नगरपालिकाको आयश्रोत ५० लाख तथा अर्को पाँचवर्षपछि एकअर्व आयश्रोत हुने गरी कार्यक्रम र योजना बनाउन आफुले पहल सुरु गरेको उनको भनाई छ ।

उक्त कार्यक्रम मार्फत आजै एल आर आई कलेज काठमाण्डौले सु.प बिधालयलाई बिधालयलाई करिब १ लाख ८३ हजार रकम बराबरको बालबालिकाहरुलाई चिसोवाट जोगिन ओड्ने , बिच्याउने , सिरानी , तन्ना लगाएतका सामागी्रहरु प्रदान गरेको छ । एलआर आई कलेज काठमाण्डौका संस्थापक यसोधरा पन्तले बिधालय ब्यवस्थापन समितीका अध्यक्ष मनि साउदलाई उक्त सामागी्रहरु हस्तान्तरण गरेकि हुन् ।  अनाथ ,  अशहाय तथा अपाड्गता भएका बालबालिकाहरुको पढाई लेखाईमा सहजता होस भन्ने उध्ेश्यका साथ ७ जना सहगोगीदाताहरुको सहयोग अक्षय कोषको पनि स्थापना गरिएको छ । हाल उक्त कोषमा ५५ हजार रुपैया जम्मा भएको अध्यक्ष साउदले बताए । बिधालयलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान पत्रले सम्मान पनि गरिएको थियो । उक्त बिधालयमा सुदुरपश्चिम प्रदेशका ९ ओटै जिल्लामा छरिएर रहेका ४५ जना  शारिरिक रुपमले अपाड्गता एबम् अशक्त भएका बालबालकाकहरु आवासिय रुपमा अध्यनरत रहेका छन् । कार्यक्रममाको संञ्चालन बिधालयका संस्थापक मान बाहादुर साउदले गर्नुभएको थियो ।

 

समाचार प्रमुख भट्ट सहित ३ जना पत्रकार सम्मानित

स्थापना कालदेखी बिधालयको समग्र बिकासका लागि संञ्चार माध्यामवाट सहयोग गरेको भन्दै गोदावरी एफ एमका समाचार प्रमुख हेमराज भट्ट सहित ३ जना पत्रकारलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा भट्ट संगै आर्थिक अभियान राष्ट्रिय दैनिकका सुदूरपश्चिम व्युरो प्रमुख वीरेन्द्र भट्ट र खवर रप्तार पत्रिका धनगढीका सम्पादक धर्म विक रहेका छन् ।

 

 

तिनै जना पत्रकारहरुलाई कार्यक्रमका प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउँदले फुलमाला सहित खादा ओडाउदै सम्मान पत्रले सम्मान गर्नुभएको थियो । विद्यालयको हरेक सुख दुखमा सञ्चारमाध्यको भुमिका महत्वपुर्ण रहने भएकाले आगामी दिनहरुमा पनि पत्रकारहरुको सहयोगको अपेक्षा गरेको बिधालय प्रशासनको भनाई छ ।

 

प्रतिकृया दिनुहोस

सामाजिक बिकासमन्त्री सुबेदी बिहानै बेल्चा बोकेर खोलामा

अत्तरिया, कार्तिक ३० ।  कैलालीको गोदावरी नगरपालिका वडा नं ४ मा पर्ने भालुखोलामा निर्माणाधिन पुलको सम्झौता अबधि सकिएको छ । यद्धपी निर्माण अबधि

बाजुरामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

बाजुरा,कार्तिक २९ ।  बाजुरामा जीप दुर्घटना हुँदा एकजनाको  मृत्यु भएको छ। जिल्लाको  बूढीगङ्गा नगरपालिकाको–२ बल्देमा बिहीबार मार्तडी आउँदै

सुदुरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको आपुर्ती सहज बनाउन निगम क्षेत्रिय कार्यालय धनगढीलाई मुख्यमन्त्री भट्टको निर्देशन

धनगढी, कार्तिक २९ ।  सुदुरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको अभाब देखिएपछि प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आपुर्ती सहज बनाउन नेपाल आयल