दुःख पिडा भुलेर प्रदेशमै दिपावली मनाउदै प्रबासी सुदुरपश्चिमेलिहरु

हेमराज भट्ट , अत्तरिया ,कात्तिक १९ ।

यतिबेला जताततै नेपालीहरुको दोसो् महान चाड दिपावलीको रौनक सुरु भैसकेको छ । दशै मनाएर आ आफ्नो कार्य क्षेत्रमा फर्किएकाहरु अहिले फेरि तिहार मनाउनका लागि आ आफ्नो गाउघरमा फर्किन थालेका छन् । तिहारको नेपालका साथ साथै बिदेशमा पनि रौनक छाएको छ । आफ्नो घर परिवार छोडेर कामको शिलशिलमा होस वा अन्य शिलशिलामा बिदेशिन बाध्य नेपालीहरु पनि आ आफ्नो दुख पिडालाई भुलेर तिहारलाई रमाईलो तरिकाले मनाउन तिहारको अबसरमा बिभिन्न कार्यक्रमहरु गरिरहेका छन् । यसैबिच सुदुरपश्चिमेली नेपाली समाज कर्नाटक राज्य समितिले नोभेम्बर ११ तारिखका दिन एक भब्य सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

 

भारतमा पहिलो पटक तिहारको अबसरमा त्यहा रहेको एच एल टोटल महल नजिक सरकारी स्कुलको हल ब्याङ्ग्लोरमा बिहान १० बजेदेखी कार्यक्रमको आयोजना गरेको सुदुरपश्चिमेली नेपाली समाज कर्नाटक राज्य समितिका अध्यक्ष लिलाधर कपाडीले जानकारी दिए । उहाले प्रवासमा रहेका सुदुपश्चिमेली बासिहरु बिच एक आपसमा भाईचाराको सम्बन्धलाई प्रगाढ बनाईराख्न र एक दिन भएपनि सबै नेपालीहरु बिच शुभ कामना आदान प्रदान गर्न मिलोस भनेर सो कार्यक्रमको आयोजना गरिएको बताए । “ आफ्नो भाषा कला साहित्य सस्कृती परम्परा जगेर्ना  गर्नु  बिश्वव्यापी अभियान थालेको सुदुर पश्चिमेलि नेपाली समाजले पहिलो पटक प्रबासमा दिपावलीको सास्कृतिक कार्यक्रम गर्न लागेको छ ” उहाले भन्नुभयो – पाइक पर्ने सबै नेपाली दाजुभाई तथा दिदिबहिनीहरु सहभागी हुनुहोला ।

 

कार्यक्रममा सुदुरपश्चिमकि चर्चित देउडा गायिका हरिना साउद लगाएत दर्जनौ कलाकारहरुको प्रस्तुति रहने आयोजकले बताएको छ । अध्यक्ष कपाडीले समाज सेवा नै मानवीय धर्म हो भन्ने मुल हेतुका साथ आफुहरुले प्रवासमा कमाएको सानो सानो रकम सुदुपश्चिमको बिकासका लागि लगानी गनरिने बताउनुभयो ।  “हाम्रो सानो सानो सहयोगले हजारौं दुखेका मनहरुमा खुशी र पीडित हरु को घाउमा मलम लगाउन सक्छ ” उहाले भन्नुभयो – हामीले अहिले सम्म थुप्रैलाई सहयोग प्रदान गरेको र आगामी दिनहरुमा पनि यस्ता कामहरु गर्दै जाने छौ ।

प्रतिकृया दिनुहोस

भौतिक बिकासको माग गर्दै भौतिक पूर्वाधार बिकास मन्त्रीलाई ज्ञापनपत्र

गोविन्द बीसी , मंसिर बौनिया बिद्यालयको भौतिक पूर्वाधार बिकासको माग राख्दै सुदूरपश्चिम प्रदेशका भौतिक बिकास मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । 

सामाजिक बिकासमन्त्री सुबेदी बिहानै बेल्चा बोकेर खोलामा

अत्तरिया, कार्तिक ३० ।  कैलालीको गोदावरी नगरपालिका वडा नं ४ मा पर्ने भालुखोलामा निर्माणाधिन पुलको सम्झौता अबधि सकिएको छ । यद्धपी निर्माण अबधि

बाजुरामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

बाजुरा,कार्तिक २९ ।  बाजुरामा जीप दुर्घटना हुँदा एकजनाको  मृत्यु भएको छ। जिल्लाको  बूढीगङ्गा नगरपालिकाको–२ बल्देमा बिहीबार मार्तडी आउँदै