राजनितिक क्षेत्रमा मात्रै संघियता आयो ,अन्य क्षेत्रमा ल्याउने प्रयत्न जारी छ - मन्त्री शाह (भिडियो)

धनगढी ,कार्तिक २० । 
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले राजनितिक क्षेत्रमा मात्रै संघियता आएको बताउनु भएको छ । मंगलबार  नेपाल पत्रकार महासंघ कैलालीले आयोजना गरेको  तिहार तथा छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उँहाले भन्नु भयो -'राजनितिक क्षेत्रमा मात्रै संघियता आयो तर कर्मचारी,प्रशासन ,बित्तिय र कानुनी क्षेत्रमा संघियता आएको छैन ,हामी ल्याउने प्रयत्न गरिरहेका छौं । मन्त्री शाहले नेपालको राजनितिक परिबर्तनमा संचार क्षेत्रको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै भन्नु भयो - 'तपाईंहरुका धेरै समस्या छन्, पेशा पनि चुनौतीपूर्ण रहेको छ सरकारको गलत कामको खबरदारी गर्न नभुल्नु होला' । उँहाले संचार क्षेत्रको निती बनाउंदा पत्रकारहरु सँग सल्लाह गरेर नै बनाउने बताउनु भयो । सरकारका आफ्ना सिमा छन् तर पनि पत्रकार र संचार उधमीहरुको समस्या प्रती सरकार गम्भिर रहेको उँहाको भनाई छ ।नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउादको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकारहरुले शुभकामना आदानप्रदान गर्नुका साथै पत्रकारहरुले भोगीरहेका समस्याको बारेमा मन्त्रीलाई जानकारी गराएका थिए । यस्तै  कार्यक्रममा बोल्ने अधिकांस पत्रकारहरुले प्रदेश सूचना आयोगको गठन, प्रदेशस्तरीय सञ्चार नीति, प्रेस काउन्सिलको प्रदेश संरचना , बिग्यापन निती लगायतको कामहरु पत्रकारको पक्षमा रहेर बनाउन  प्रदेश सरकारलाई सुझाब दिएका थिए ।

प्रतिकृया दिनुहोस

जनताले दिएको मत खेर जान दिने छैन - मन्त्री सुबेदी

अत्तरिया, कार्तिक २९ ।  नेकपा गोदावरी नगरकमिटिले नबनियुक्त सामाजिक बिकासमन्त्री कृष्णराज सुवेदीको बिहीवार एक कार्यक्रमका बिच  स्वागत गरेको छ ।

दिर्घ सोडारीलाई पदमुख्त गरेपछि नेकपा सुदुरपश्चिमको राजनीति गर्मागर्मी

धनगढी,कार्तिक २८ ।   सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री दिर्घ सोडारीलाई नेकपाले सरकारबाट फिर्ता बोलाएपछि यस क्षेत्रको नेकपाको राजनीतिमा

नयाँ केही कामको थालनी गर्छु - नब नियुक्त सामाजिक बिकासमन्त्री सुबेदी

अत्तरिया, कार्तिक २७।  सुदुरपश्चिमप्रदेशका नब नियुक्त सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले मन्त्री बनेकोमा  खुशी ब्यक्त गर्दै कैलाली