महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा

धनगढी , फागुन ११ ।
धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । सेमीफाईनलमा पुग्ने अन्तिम टोलीको आजको खेलले टुङगो लागेसंगै सेमीफाईनल समिकरण पुरा भएको हो । शुक्रवार भएको पहिलो खेलमा पुर्वाञ्चलले मध्यपश्चिमाञ्चल माथि ९८ रनको सानदार जित हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित बनाएको हो । शुक्रवार नै भएको दोश्रो खेलमा मध्यमाञ्चलले घरेलु टोली सुदुरपश्चिममाथि १२ रनको जित हात पारेको छ ।  शुक्रवारको पहिलो खेलमा नेपाली टोलीकी कप्तान समेत रहेकी पुर्वाञ्चलकी कप्तान रुविना क्षेत्रीको उत्कृष्ट प्रदर्शनले पुर्वाञ्चलले मध्यपश्चिमाञ्चल विरुद्ध फराकिलो जित दर्ता गर्दै समुह उपविजेता वन्दै सेमिफाईनल पुगेको छ । टस जितेर व्याटिङ गरेको पुर्वाञ्चलले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतीमा १ सय ३४ रन बनायो । पुर्वाञ्चलका लागि काजोल श्रेष्ठले ४२, कप्तान रुवीना क्षेत्रीले ४१ र रोमा थापाले २५ रनको योगदान दिईन् । तेश्रो विकेटका लागी क्षेत्री र श्रेष्ठले ६८ रनको साझेदारी गरेकी थिईन् । मध्यपश्चिमाञ्चलकी अनुपमा गिरी, नेरी थापा, साया बस्नेतले समान १÷१ विकेट लिईन् । १ सय ३५ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको मध्यपश्चिमाञ्चलले १९ ओभरमा सबै विकेट गुमाउदै ३६ रनमै समेटियो । मध्यपश्चिमाञ्चलले १२ रन अतिरिक्त पाएको थियो । मध्यपश्चिमालका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् भने ४ खेलाडीले खाता समेत खोल्न सकेनन् । उस्का लागि सिता मगरले ६ तथा शान्ति खत्री र श्रृष्टी डाँगीले समान ४÷४ रन बनाए ।

मध्यपश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा पुर्वाञ्चलकी कप्तान रुवीना क्षेत्र, अनुपमा चौधरी र संगम तामाङले समान २÷२ विकेट लिईन् । खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच पुर्वाञ्चलकी कप्तान रुविना क्षेत्री भईन् । शुक्रवार नै भएको दोश्रो खेलमा मध्यमाञ्चल सुदुरपश्चिममाथि १२ रनको जित निकाल्दै समुह विजेता वनेर अन्तिम चारमा पुगेको छ । टस जितेर व्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५ रन बनायो । मध्यमाञ्चलका लागि सिता श्रेष्ठले २३, अस्मीता खरेलले २२ तथा रोशनी बोहरा र कप्तान आरती विराडीले १४÷१४ रनको योगदान दिईन् । दोश्रो विकेटका लागि रोशनी र अस्मिताले २९ रनको साझेदारी गर्दै मध्यमाञ्चलको सम्मानजनक योगफल पुराईन् । सुदुरपश्चिमकी कविता जोशीले ४ तथा कविता कुवर र लक्ष्मी साउदले समान १÷१ विकेट लिईन् । १ सय ६ रनको मध्यम लक्ष्य सहित मैदान उत्रिएको घरेलु टोली सुदुरपश्चिमले उत्कृष्ट सुरुवातका वावजुत हार व्यहोर्न परेको हो । सुदुरपश्चिमलले २० ओभरमा ३ विकेटको क्षतीमा ९३ रन मात्रै बनाउनसक्यो । सुदुरपश्चिमका लागी सुरुवाती खेलाडी कविता कुँवर र कप्तान मञ्जु वोगटीले ३६ रनको साझेदारी गरेकी थिईन् । कविताले २२ रन बनाईन् भने कप्तान मञ्जुले ८ रन बनाईन् । बलिङमा उत्कृष्ट प्रदर्शन गरेर तेश्रो नम्वरमा व्याटिङ गर्न आएकी कविता जोशीले अविजित रहदै ३९ रन वनाए पनि आफ्नो टिमलाई जिताउन सकिनन् । नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच प्लेयर अफ द म्याच मध्यमाञ्चलकी सिता श्रेष्ठ भईन् ।

 

भोली हुने सेमिफाईनलमा मध्यमाञ्चलले समुह ए को विजेता बन्दै समुह वि को उप विजेता पुर्वाञ्चलसँग् फाईनल प्रदेशका लागि प्रतिस्पर्धा गर्ने भएको छ । समुह ए को उपविजेता सुदुरपश्चिमलले समुह वीको विजेता विभागीय टोली एपीएफसँग फाईनल प्रवेशका लागि खेल्नेछ । सेमीफाईनलका दुवै खेल शनिवार फाप्ला क्रिकेट मैदानमा हुने छन् । प्रतियोगिताको विजेताले पाँच लाख तथा उप–विजेताले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्ने छन् ।

 

प्रतिकृया दिनुहोस

ईपीएल क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै

काठमाडौं , मंसिर २५। एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । टियु क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा साविक

गोदावरी नगरपालिका जोनापुरमा ठुलो धनराशीको फुटबल प्रतियोगिता आयोजना हुने

अत्तरिया,मंसिर २४ ।  हाम्रो गोल, सामाजिक बिकृति बिरुद्धको गोल भन्ने नाराका साथ गोदावरी नगरपालीकाको वडा नम्बर ८ जोनापुरमा ठुलो धनराशीको फुटबल

एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगितामा ललितपुर प्याट्रीयट्सद्वारा चितवन टाइगर्स पराजित

काठमाण्डौ,मंसिर २३ ।  एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन