टीकापुरमा रोटी मेलाको आयोजना

टिकापुर ,कार्तिक २० । 
कृषि र पर्यटनको विकासका लागि टीकापुरमा रोटी मेला आयोजना गरिएको छ। ‘कृषि पर्यटनको विकास, हामी सबैको सहभागिता र प्रयास’ भन्ने नाराका साथ टीकापुर पर्यटन समितिको आयोजनामा दोस्रो रोटी मेला २०७५ टीकापुरमा आयोजना गरिएको हो। मंगलवार टीकापुरको खुला मैदानमा रोटी मेला लागेको छ  मेलामा २० भन्दा बढी प्रकारका रोटीको स्वाद लिन सकिने आयोजकले जनाएको छ  ।  मेलामा सबै समुदायले खाने रोटी हेर्न र खान पाइने व्यवस्था मिलाइएको टीकापुर पर्यटन समितिका अध्यक्ष थर्कबहादुर शाहले बताए।सेल रोटी, फिनी रोटी, पुरी, कागते, सिन्कामारी, भक्के, माडा, फाडा, मकैको रोटी खान पाइने उनले बताए। कोदोको रोटी, गुने, ढुकढुके, फापरको रोटी, नेवारी रोटी, थारु रोटी, सल्यानी  रोटी, डोटेली  रोटी, प्युठानी रोटी, तन्दुरी  रोटी, पराठा रोटी, रानाथारु रोटी, अनरसा रोटी, तावा रोटी, रुमाले रोटीको स्वाद लिन सकिने उनको भनाई छ। 
 

प्रतिकृया दिनुहोस

भौतिक बिकासको माग गर्दै भौतिक पूर्वाधार बिकास मन्त्रीलाई ज्ञापनपत्र

गोविन्द बीसी , मंसिर बौनिया बिद्यालयको भौतिक पूर्वाधार बिकासको माग राख्दै सुदूरपश्चिम प्रदेशका भौतिक बिकास मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । 

सामाजिक बिकासमन्त्री सुबेदी बिहानै बेल्चा बोकेर खोलामा

अत्तरिया, कार्तिक ३० ।  कैलालीको गोदावरी नगरपालिका वडा नं ४ मा पर्ने भालुखोलामा निर्माणाधिन पुलको सम्झौता अबधि सकिएको छ । यद्धपी निर्माण अबधि

बाजुरामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

बाजुरा,कार्तिक २९ ।  बाजुरामा जीप दुर्घटना हुँदा एकजनाको  मृत्यु भएको छ। जिल्लाको  बूढीगङ्गा नगरपालिकाको–२ बल्देमा बिहीबार मार्तडी आउँदै