गो.न.पा ३ खमौरामा सम्पन्न फुटबल प्रतियोगिताको उपाधि आयोजककै टिमले हातपञ्यो

अत्तरिया , कात्तिक २० ।
कैलालीको गोदावरी नगरपालिका वडा नं ३ खमौरामा सम्पन्न सम्पन्न फुटबल प्रतियोगिताको उपाधि आयोजकै टिम बि ले हात पारेको छ । खमौरामा रहेको रोयल युवा क्लबको आयोजनामा यहि कात्तिक १३ गतेवाट सुरु भएको फुटबल प्रतियोगिता अन्तर्गत आज भएको फाइनल खेलमा आफ्नै घरेलु टोली आर्दश युवा क्लबलाई हराउदै आयोजकको टिम बि ले उपाधी हात पारेको हो । आयोजकको टिमले आर्दश युवा क्लबलाइ ३ – ० गोल अन्तरले स्तब्ध पारेको थियो । आज एक औपचारीक कार्यक्रमका बिच प्रतियोगिताको समापन गरिएको छ ।

रोयल युवा क्लबका अध्यक्ष बिरेन्द्र अबस्थीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ७ नं प्रदेश शसस्त्र प्रहरी प्रहरी बल मुख्यालय बाहिनिका बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरिक्षक नगेन्द्र बाहादुर थापा प्रमुख अतिथी रहनुभएको थियो । बिशिष्ट अतिथी गो.न.पा ३ का वडाअध्यक्ष मोहन खत्री रहनुभएको थियो । प्रतियोगिताको बिजेता बन्दै आयोजकको टिम बि ले १५ हजार ५ सय ५५ नगद सहित सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेकोे छ भने उपबिजेत बनेको टिम आर्दश युवा क्लबले ७ हजार ५ सय ५५ नगद सहित ट्रफि , मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

 

 

कार्यक्रमका प्रमुख अतिथीले बिजेता र उपबिजेता टोलीलाई उक्त पुरष्कार राशी प्रदान गनुभएको थियो । क्लबको आफ्नै खेलमैदानमा भएको उक्त खेलमा यस क्षेत्रका बिभिन्न १८ वटा टिमहरुको सहभागीता रहेको क्लबका अध्यक्ष बिरेन्द्र अबस्थीले जानकारी दिए । तिहार र छठको अबसरमा खेलकुदलाई पनि अगाडी बढाउन सो प्रतियोगिताको आयोजना गरेको र आगामी दिनहरुमा पनि गर्दै जाने उनले बताए ।

 

प्रतिकृया दिनुहोस

एल पि एल - सिद्धार्थ र लिटिल फ्लावर सेमीफाईनलमा

धनगढी , मंसिर ०२ धनगढीमा जारी तेस्रो निस्ट लिटिल फ्लावर प्रिमियर लिगमा सिद्धार्थ शिशु सदन र लिटल फ्लावर बोर्डीङ स्कुल विजयी भएका छन्। आजको पहिलो

भोलीदेखि जेटी कप क्रिकेट प्रतियोगिता सुरु हुदै, खेलको सबै तयारी पूरा

गोविन्द बीसी , बौनिया , कार्तिक,३० चौथो संस्करण अन्तर्गतको जेटी कप क्रिकेट प्रतियोगिता भोली ृशनिबारे देखि सुरु हुने भएको छ ।  कैलालीको बर्दगोरिया

धनगढी प्रिमियर लिग - तेस्रो संस्करण माघ १९ गतेदेखि फागुन ४ गतेसम्म हुने

काठमाडौं , कात्तिक ३० । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) टी २० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आगामी माघ १९ गतेदेखि फागुन ४ गतेसम्म धनगढीमा