घोडाघोडीलाई हराउँदै हाईबे बालबाटीकाले जित्यो सेतीलोकमार्ग फुटबल कपको उपाधी

गोविन्द बीसी ,  बौनिया कार्तिक २० .

कैलालीको बर्दगोरियामा जारी सेतीलोकमार्ग कप फुटबल प्रतियोगिताको उपाधी हाईबे बालबाटीका बौनियाले जितेको छ । सडकपुर बौनियामा मंगलबार भएको फाइनल खेलमा घोडाघोडी क्लब सुखड माथी ६–५ को जीत निकाल्दै हाईबे बालबाटीकाले उपाधि जितेको हो । सडकपुर बौनिया यूवा क्लबद्वारा आयोजित चौथो संस्करण अन्तर्गतको सेतीलोकमार्ग खुल्ला फुटबल प्रतियोगिता यो खेलसंगै सकिएको छ ।


बसन्त मुरारी माविको खेल मैदानमा भएको फाइनल खेलको निर्धारित समय र थप भएको समयमा दुबै टीमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समय सम्म धकेलिएको थियो । कडा प्रतिस्पर्धा संगै ट्राइबेकरमा हाईबे बालबाटीकाले प्रतियोगिताको उपाधी चुमेको हो । प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट १९ टीमको सहभागिता रहेको थियो । गत कार्तिक ८ गतेदेखि सुरु भएको प्रतियोगिता मंगलबार सकिएको खेल संयोजक पुष्प भण्डारीले जानकारी दिए । प्रतियोगिताको मूख्य प्रबर्द्धक बर्दगोरिया गाउँपालिका रहेको थियो भने, मूख्य प्रायोजकमा सरस्वती एग्रो इण्डष्ट्रिज रहेको बताइएको छ । आयोजक सडकपुर बौनिया यूवा क्लबका सचिव धिरज शाहीका अनुसार प्रतियोगिताको सुरुवातदेखि नै दर्शकको उत्साहजनक सहभागिता रहेको र हजारौं दर्शकले प्रत्यक्ष अवलोकन गरेको बताएका छन् ।


प्रतियोगिताको सेमिफाइनल अन्तर्गतका खेलमा ४ टीमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा बिजेता हुने टीमलाई रु २ लाख नगद, मेडल र प्रमाणपत्र  प्रदान गरिएको छ भने, उपबिजेतालाई नगद रु १ लाख, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै, खेलमा विभिन्न बिद्यातर्फका उत्कृष्ट खेलाडीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिकृया दिनुहोस

नेपाल पुलिस क्लबलाई सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि

धनगढी,माघ ५ ।   नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा भएको

नेपाल पुलिस क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा

धनगढी,माघ ३ ।  नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । निर्धा्रित समयमा खेल

रुस्लान थ्री स्टार क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा

धनगढी,माघ २ ।  रुस्लान थ्री स्टार क्लबले मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै तेस्रो नेपाल आइस अन्तराष्ट्रिय