अत्तरियामा दिपावलीमा किनमेल गर्ने सर्बसाधारण भिड अत्याधिक

अत्तरिया ,कार्तिक २१। 
दिपावली अन्तरगत आज लक्ष्मीपुजा धुमधामका साथ मनाईदै छ । बजारमा सर्बसाधारणको किनमेलको लागी भिड लागेको छ । बिषेशगरी मिठाई ,पुजा समाग्री ,तिहारमा प्रयोग गर्ने झिलमिला बत्ती किन्नका लागी सर्बसाधारणको भिड लागेको हो अत्तरिया बजारमा बिगतका बर्षको तुलनामा यो बर्ष स्थानियको भिड बढी देखिएको छ ।

बेलुका पख मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ । गृहिणीहरु साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गर्दछन् ।

लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पूजा गर्ने चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक मान्यता छ । आजै गाई तिहारपनि भएकाले घरघरमा लक्ष्मीको प्रतीक मानिने गाईको पूजा गरिएको छ । सत्ययुगमा वामन अवतार भगवान् विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बीलले भगवान्लाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गर्दै जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरुन् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको धार्मिक विश्वास रहेको छ ।  

प्रतिकृया दिनुहोस

सामाजिक बिकासमन्त्री सुबेदी बिहानै बेल्चा बोकेर खोलामा

अत्तरिया, कार्तिक ३० ।  कैलालीको गोदावरी नगरपालिका वडा नं ४ मा पर्ने भालुखोलामा निर्माणाधिन पुलको सम्झौता अबधि सकिएको छ । यद्धपी निर्माण अबधि

बाजुरामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

बाजुरा,कार्तिक २९ ।  बाजुरामा जीप दुर्घटना हुँदा एकजनाको  मृत्यु भएको छ। जिल्लाको  बूढीगङ्गा नगरपालिकाको–२ बल्देमा बिहीबार मार्तडी आउँदै

सुदुरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको आपुर्ती सहज बनाउन निगम क्षेत्रिय कार्यालय धनगढीलाई मुख्यमन्त्री भट्टको निर्देशन

धनगढी, कार्तिक २९ ।  सुदुरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको अभाब देखिएपछि प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आपुर्ती सहज बनाउन नेपाल आयल