चर्चित उपन्याश 'सखीको' धनगढीमा गृह बिमोचन (फोटो फिचर)

 

धनगढी,कार्तिक २१ । 

चर्चित उपन्याश सखीको धनगढीमा बुधबार गृह बिमोचन सम्पन्न भएको छ । धनगढी जेसिसले आयोजना गरेको कार्यक्रममा  नेपाली कांग्रेसका नेता रमेश लेखकले उक्त कृतिको एक भब्य समारोहका बिच बिमोचन गर्नुभएको हो । कृतिमाथि आफ्नो भनाई राख्दै लेखकले उपन्यास मार्मिक रहेको बताउनु भयो ।"उपन्यासमा बिषयबस्तुलाई मार्मिक तवरले प्रस्तुत गरिएको छ," उँहाले भन्नु भयो- "पाठकको रुचीलाई गम्भिर तर सहज रुपमा लेखिएको छ"।

कार्यक्रममा आक्रर्षण कि पात्र रहेकी नेकपाकी प्रमुख सचेतक शान्ता चौधरीले उपन्यास निकै मार्मिक रहेको र हरेक कमैया कम्लरीले पढनु पर्ने बताउनु भयो । उँहाले भन्नु भयो - "मैले कम्लरी बसेर धेरै पिडा भोगेको छु त्यसैले उपन्यास को पात्र म आँफै भए जस्तो लाग्यो"।चौधरीले आफ्नो कम्लरी जिबनको भोगाई सुनाउंदा कार्यक्रममा उप्स्थित सबै भाबुक बनेका थिए ।

कार्यक्रममा कृतिमाथि पुर्व सासंद महेश्वर पाठक , शिक्षाबिद हेमराज पन्तले पनि  टिप्पणी गर्नुभएको थियो । सखी कम्लहरी प्रथालाई मुख्य बिषयबस्तु बनाएर तयार पारीएको उपन्यास हो । सखीका लेखक रामलाल जोशीले पाठकको चाहाना अनुसार लेख्ने प्रयास गरेको बताउनु भयो । यस अघि जोशीको कृति ऐनाले मदन पुरस्कार पाएको थियो ।

प्रतिकृया दिनुहोस

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निबर्तमान केन्द्रीय अध्यक्ष शर्माको भब्य स्वागत

धनगढी , पुस २८ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष चर्चित लोक दोहोरी गायक चन्द्र शर्मालाई आज धनगढीमा भब्य

विन्दास म्यूजिक आवार्ड हुने

धनगढी,पुस २२ ।  गत वर्षझै यस वर्ष पनि विन्दास म्यूजिक आवार्ड हुने भएको छ । अगामी चैत्र १ र २ गते धनगढीमा 'नेपाल आईस विन्दास म्यूजिक आवार्ड २०७६' हुने