केन्द्रवाट खटाएका कर्मचारीहरु नपुग्दा प्रदेश नं ७ को कामकारबाहिमा समस्या

धनगढी , फागुन १२
प्रदेश ७ को सरकार सञ्चालनमा समस्या देखिएको छ । कर्मचारी अभावनमा मन्त्रालयहरुको उचित व्यवस्थापन नहुदा प्रदेश सञ्चालनमै समस्या आएको प्रदेश सरकारका मन्त्रीहरुले बताएका छन् । प्रदेश ७ का सबै मन्त्रीहरुको सरकार सञ्चालनमा अनुभव समेत नभएको र कार्यकक्ष नै अस्तव्यस्त भएकोले कसरी काम सञ्चालन गर्ने भन्ने समस्यामा परेका छन् । मन्त्रालयका कार्यालय समेत अझै व्यवस्थापन हुन सकेका छैनन् । केन्द्रले खटाएका कर्मचारी अझैसम्म नपुग्दा कार्यालय व्यवस्थापनमा समस्या देखिएको हो । अहिले ६ वटै मन्त्रालयमा मन्त्रीहरुको कार्यकक्षको अझै मर्मत हुन नसक्दा अस्तव्यस्त अवस्थामा छन ।

मन्त्रालयमा कर्मचारी समेत नहुँदा मन्त्रीहरु नै अलमलमा परेका छन् । सरकारले प्रदेश राजधानी तोकेको करिब डेढ महिना बित्दापनि मन्त्रालयका भवनहरुको रङरोगन तथा मर्मत कार्य पूरा भएको छैन । मन्त्रालयमा मन्त्रीहरुले पदबहाली गरिसकेपछि भवनहरुको मर्मतकार्य सुरु गरिएकोमा अहिलेसम्म सम्पन्न हुन सकेको छैन । प्रदेश मन्त्रालयहरुमा बिजुली लाइन र टेलिफोन मर्मत गरिएका् छैन । मन्त्रालयहरुमा सामान्य सरकारी कार्यालय जतिको पनि चहलपहल नभएको पायएको छ । मन्त्रालयका भवनहरुको समयमा मर्मत नभएको र कर्मचारी नपुगेकाले कामकाज गर्न समस्या आएको मन्त्रीहरुले नै गुनासो गर्ने गरेका छन् । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका लागि २९ जना कर्मचारीको दरबन्दी रहेकोमा अहिलेसम्म १२ जना मात्र कर्मचारी आइपुगेका छन् । त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयमा २९ जनाको दरबन्दीमा ९ जना, सामाजिक बिकास मन्त्रालयमा सवारीचालक बाहेक ३० जनाको दरबन्दीमा तीन जना मात्र कर्मचारीहरु मन्त्रालय पुगेका छन् ।

आर्थिक मामिला तथा योजना र उद्योग वन तथा वातावरण मन्त्रालयमा पनि ७ र ७ जना मात्रै कर्मचारी पुगेका छन् । भूमि व्यबस्थापन, कृषी तथा सहकारी मन्त्रालयमा २९ जनाको दरबन्दी भएकोमा अहिलेसम्म ५ जना मात्रै कर्मचारी आइपुगेका छन् । भौतिक पूर्वाधार बिकास मन्त्रालयमा तीन जना मात्र कर्मचारी पुगेका छन् । अहिलेसम्म मन्त्रालयका सचिव समेत पुगेका छैनन् । मन्त्रालय स्थापना भएको एक साता भन्दा बढी समय बितिसक्दासम्म मन्त्रालयको सचिव समेत नपुगेपछि मन्त्रालयको कामकाजका बारेमा समेत स्पस्ट हुन नसकेको भौतिक पूर्वाधार बिकास मन्त्री पठान सिहं बोहराले बताउनु भयो ।

 

प्रतिकृया दिनुहोस

लेखराज भट्टले आफ्नो पद धरापमा किन पारे ?

काठमाडौ, असोज ५ ।   नेकपा सचिवालयको बैठक बस्नु भन्दा एक घन्टा अघि प्रदेश नम्बर ७ का  नेता लेखराज भट्टलाई शीर्ष तहबाट फोन आयो ।"५ नम्बर प्रदेशबाट

नेकपा प्रदेश ७ को इन्चार्जमा भिम रावल,सह इन्चार्जमा तत्कालिन माओबादीका लक्ष्मणदत्त जोशी लाई तोक्यो

काठमाण्डौ ,असोज ५ ।  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह-इन्चार्ज तोकेको छ । आज  विहान बसेको सचिवालय

अहिलेको संघियता उँट जस्तो भयो ,प्रदेशलाई गाउँपालिकाको जती पनि अधिकार छैन - राजपा नेता महतो (भिडियो )

धनगढी ,असोज ४ ।  राजपाका नेता राजेन्द्र महतोले सरकार आफुहरुको माग बेवास्ता गरे फेरी  कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्  । बुधबार  धनगढीमा