तिहारको चौथो दिन गाई, गोबर्धन , गोरुको पूजाआजा गरी मनाइँदै

अत्तरिया , कात्तिक २२ ।

यमपञ्चक अर्थात तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जतिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

 

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास रहेको छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाईपूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविदहरु ब्ताउदछन् । आज गाईपूजा गरी साउन शुक्ल पूणिर्माका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

 

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन रहेको छ । यस्सैबिच गाउ टोल तथा शहरहरुमा युवायुवतीहरु आ आफ्नो समूह बनाई घरघरमा भैलो खेल्न सुरु गरेका छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलि राजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समय क्रममा अपभ्रंश भई भैलो हुन आएको बताइन्छ । आज घरमा भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

 

प्रतिकृया दिनुहोस

गोदावरीमा पुस ३० गते राति मृत फेला परेका जोगराज टमटाको शव ६ दिन सम्म पनि आफन्तले बुझेनन्

अत्तरिया , माघ ०६ । कैलालीको गोदावरीमा यहि पुस ३० गते राति मृत फेला परेका गोदावरी नगरपालिका वडा नम्बर १० बस्ने ५२ बर्षिय जोगराज टमटाको शव अझै सम्म पनि

टमटाको शव ६ दिन सम्म पनि आफन्तले बुझेनन्

अत्तरिया , माघ ०६ । कैलालीको गोदावरीमा यहि पुस ३० गते राति मृत फेला परेका गोदावरी नगरपालिका वडा नम्बर १० बस्ने ५२ बर्षिय जोगराज टमटाको शव अझै सम्म पनि

अत्तरियामा चक्कु प्रहारवाट एक जनाको हत्या , दुई जना घाईते

अत्तरिया, माघ ०५ । कैलालीको अत्तरियामा चक्कु प्रहारवाट एक जनाको हत्या गरिएको छ । आज साझ दुई समुह बिच भएको आपसी झगडाका क्रममा एक जना अज्ञात ब्यक्तिको