बोक्सीको आरोपमा चरम यातना पाएकी राधा चौधरी फेरी कुटिइन्

शुख्खड ,कार्तिक २२  । 

कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ५ देवकलियाका की राधा चौधरी फेरी बोक्सीको आरोपमा कुटिएका छिन। राधा चौधरीकी आमासंग स्थानिय महिला  कालीचरण चौधरीले वादविवाद गरेपछि राधाले आफ्नी आमासंग किन बादविवाद गरेको भरेपछि उल्टै कालीचरण चौधरीले राधालाई गाली गलौच गरि लठ्ठीले कुटपिट गरेको पिडित चौधरीले बताईन् । सामान्य विवादकै कारण राधा चौधरीलाई बोक्सीको आरोप लगाएर गाली र कुटपिट गरेपछि राधा आफैले  प्रहरीमा खवर गरेकी हुन्।  बोक्सीको आरोपमा निर्घात यातना खाएकी  राधा अहिले गाउँमा बस्दै आएपनि उनीमाथी  गरिने व्यवहार भने फरक नहरेको पिडित राधा चौधरीले दुखेसो छ ।यस अघि बोक्सीकै आरोपमा कुटिपिट गर्ने भोले वावा भनिने राम बहादुर चौधरी सहित ३ जनालाई अदालले कैद सजाय तोकेर कानुनी कार्बाहीमा छन् ।  राधा चौधरी माथी कुटपिट गर्ने स्थानिय काली चरण चौधरीलाई इलाका प्रहरी कार्यालय सुख्खडले पक्राउ गरी सकेको छ । उनलाई  थप कारवाहीका लागि जिल्ला चलान गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख यज्ञ राज जोशीले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

डडेलधुरामा जिप दुर्घटना हुँदा दुईको घटनास्थल मै मृत्यु

डडेल्धुरा ,मंसिर १ ।   डडेल्धुरा भागेश्वर गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य १५ जना घाइते भएका छन् । म १ झ

छोरीको न्यायका लागि निर्मलाका आमावुवाको अनिश्चितकालिकन धर्ना जारी ( फोटो फिचर)

अत्तरिया ,मङ्सिर ०१ । छोरीको हत्या भएको तिन महिना बितिसक्दा समेत सरकारले हत्यारा पक्राउ गर्न नसकेको भन्दै निर्मला पन्त आमा बुवा ६ दिनदेखी

धनगढीमा गएराति एक युवकको हत्या

धनगढी , मंङ्सिर ०१ । पछिल्लो समय सुदुरपश्चिम प्रदेशमा हत्या , हिंसा , लुटपाट , कुटपिट र बलत्कार सम्बन्धि अपराधिक घटनाहरु बढ्दै गैरहेका छन् । गएराति