आज भाइटीका , टिकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा

अत्तरिया , कात्तिक ,२३ ।

हिन्दु नेपालहरुको दोसो महान चार्ड यमपञ्चकको अर्थात तिहारको मुख्य दिन आज । भाइटीका लगाउने उत्तम साइत ११ बजेर ५५ मिनेटमा रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार ११ बजेर ५५ मिनेटमा उत्तम साइत निस्किए पनि उक्त ससमयमा नभ्याउनेले अन्य समयमा पनि टीका लगाउ सकिनेछ । भाइटीका लगाउनुअघि दियो, कलश र गणेशको, त्यसपछि अष्टचिरञ्जीवी र त्यसपछि यमराज–यमुनाको पूजा गर्ने चलन छ । भाइटीकामा भाइको जीवन रंगमय होस् भनी निधारमा सप्तरंगी टीका लगाउने गरिएको  छ ।

 

हिन्दूहरुले पाँच दिन मनाउने तिहारबारे हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूको अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो गरी मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको हो । यमुनाको व्यवहारले प्रशन्न भई यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदीभाइ दाजु बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयु, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन का देखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ ।

 

तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्का्तिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले स्पष्ट पारेको छ ।सुदुरपश्चिम प्रदेका मुख्यमन्त्रि त्रिलोचन भट्टले सम्पुण प्रदेश बासीहरुमा तिहार तथा छठको शुभकामना दिनुभएको छ । मुख्यमनित्र तथा मन्त्रिपरिषदद्धारा जारी गरिएको शुभकामना सन्देशमा यस बर्षको दिपावलीले सम्पुण देश तथा बिदेशमा रहेका प्रदशेबासी बिच आपसी सद्भावन र भातृत्वको सम्बन्ध कायम गरी प्रदेशको बिकासमा सहयोग पुगोस भन्दै शुभकामना दिनुभएको हो ।्

 

प्रतिकृया दिनुहोस

डडेलधुरामा जिप दुर्घटना हुँदा दुईको घटनास्थल मै मृत्यु

डडेल्धुरा ,मंसिर १ ।   डडेल्धुरा भागेश्वर गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य १५ जना घाइते भएका छन् । म १ झ

छोरीको न्यायका लागि निर्मलाका आमावुवाको अनिश्चितकालिकन धर्ना जारी ( फोटो फिचर)

अत्तरिया ,मङ्सिर ०१ । छोरीको हत्या भएको तिन महिना बितिसक्दा समेत सरकारले हत्यारा पक्राउ गर्न नसकेको भन्दै निर्मला पन्त आमा बुवा ६ दिनदेखी

धनगढीमा गएराति एक युवकको हत्या

धनगढी , मंङ्सिर ०१ । पछिल्लो समय सुदुरपश्चिम प्रदेशमा हत्या , हिंसा , लुटपाट , कुटपिट र बलत्कार सम्बन्धि अपराधिक घटनाहरु बढ्दै गैरहेका छन् । गएराति