बझाङको साईपाल हिमालको पहिलो पटक सफल आरोहण

बझाङ,कार्तिक २६ । 
बझाङको साईपाल हिमालको पहिलो पटक सफल आरोहण गरिएको छ । मिसन साईपाल अभियानका टोली सदस्यहरुले  ७ हजार ३१ मिटर अग्लो साईपाल हिमालमा सफल आरोहण गरेका हुन् । मिसन साइपालका संयोजक भोजराज भाटका अनुसार दुईजना विदेशी र चारजना शेर्पाको टोलीले  साइपाल हिमालको ६ हजार ८ सय मिटरको उचाइ चढन सफल भएका छन् ।बझाङकी चार चेलीहरु भने ५ हजार ४ सय मिटर उचाई सम्म पुगेर फर्किएका छन्  । साइपाल गाउँपालिकाकाकी लक्ष्मी बुढा, संगीता रोकाया, सुर्मा गाउँपालिकाकी पवित्रा बोहरा र तल्कोट गाउँपालिकाकी सरस्वती थापाले हिमाल चढेका हुन् ।सात हजार ३१ मिटरको उचाईमा रहेको साइपाल हिमाल आरोहणका लागि गएको १२ जना विदेशी सहितको टोली हिमपात हुन थालेपछि साइपाल हिमालको चुचुरोमा नपुगेरै फर्किएको हो।  

प्रतिकृया दिनुहोस

गोदावरी नगरपालीकामा बाख्रा पालन सम्बन्धी ३ दिने तालीम शुरु

अत्तरिया , माघ २३ । गोदावरी नगरपालीकाको पशु सेवा शाखा कार्यालयको आयोजनामा नगरपालीका स्तरिय बाख्रा पालन सम्बन्धी ३ दिने तालीम आज बाट शुरु भएको छ ।

हेलिकप्टरबाट धनगढी बजार घुमाईने

धनगढी,माघ २२ ।  धनगढीमा जारी सुदुरपश्चिम महोत्सबमा हेलिकप्टरबाट धनगढी बजार घुमाईने भएको छ। आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सबमा नयाँ पन दिन

हेलिकप्टर मार्फत पर्यटकीय स्थल खप्तड घुम्न सकिने

डोटी,माघ २० ।  केही दिन भएपनी  हेलिकप्टर मार्फत पर्यटकीय स्थल खप्तड घुम्न सकिने भएको छ । डोटी चेम्बर अफ कमर्शले सदरमुकाम दीपायलमा आयोजना गर्न