अत्तरियामा मरणासन्न हुने गरी एक किशोरी कुटिईन्

अत्तरिया , कात्तिक २७ ।
सुदुरपश्चिम प्रदेशको राजधानी अत्तरियामा दिनदाहाडै एक स्कुले किशोरी माथि कुटपिट भएको छ ।  गोदावरी नगरपािलकाको वडा नं २ अत्तरिया स्थति महेन्द्रनगर रोड बजारमै सोमवार एक स्कुले किशोरी माथि कुटपिट भएको हो ।

 

स्कुल बिदा भएपछि दिउसो घर फर्किने क्रममा १७ बर्षिय ईश्वरि चौधरीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । केटाहरुको कुटपिटवाट गम्भिर घाईते बनेकि उनलाई मरिसकेकी भनेर प्लाष्टीकले छोपेर नालिमा फालेर गएको भन्ने बुझिएको छ । पछि स्थानिय ब्यापारी तथा सर्वसाधारणले किशोरीलाई बेहोश अबस्थामा देखेपछि प्रहरीलाई खबर गरेको र प्रहरीले जानकारी पाएलगत्तै उनको उद्धार गरी अस्पतालमा पुञ्याएको थियो ।

 

किशोरी होसमा आएपछि यसबारे बुझ्दा आफुलाई ६ , ७ जना युवाहरुको समुहले निकै कुटपिट गरेको उनले बताइन् ।  किशोरीको अहिले पदमा अस्पताल अत्तरियामा उपचार भईरहेको छ । कुटपिटको ब्यापक खोजी भैरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख प्रहरी निरिक्षक किसन चन्द ठकुरीले जानकारी दिए । हामीले आज बिहान २ , ३ जना शंकास्पद ब्यतिmहरुलाई नियन्त्रणमा लिएका छौ उनले भने – उनिहरुसंग सोधपुछ भैरहेको छ । कुटपिटमा संग्लनको बाकिको पनि खोजी जारी रहेको प्रहरी प्रमुख चन्द ठकुरीले बताए ।

 

प्रतिकृया दिनुहोस

डोटीमा आफ्नै श्रीमान विरुद्ध जबरजस्ती करणी उजुरी

डोटी , फागुन ०४ । डोटीकी एक महिलाले आफ्नै श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । जिल्लाको शिखर

१८ किलो सुन तस्करी प्रहरीकै सेटिङमा भएको खुलाशा

धनगढी,फागुन २ ।  बिहीबार कञ्चनपुरको सिमा क्षेत्रमा भेटिएको १८ किलो सुन प्रहरीकै सेटिङमा भएको खुलेको छ।   भारतमा चालक रहेका दाजु लक्ष्मण

कैलालीमा अदालत परिसरबाट एक अभियुक्त फरार

धनगढी,माघ २९ ।  कैलाली जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन् ।   जजरजस्ती करणी मुद्धामा म्याद थपका लागि अदालत लगिएका  कैलालीकै