नयाँ केही कामको थालनी गर्छु - नब नियुक्त सामाजिक बिकासमन्त्री सुबेदी

अत्तरिया, कार्तिक २७। 

सुदुरपश्चिमप्रदेशका नब नियुक्त सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले मन्त्री बनेकोमा  खुशी ब्यक्त गर्दै कैलाली क्षेत्र ४ का जनतालाई बधाई दिनु भएको छ । मन्त्री बनेपछि मंगलबार  अबेर साँझ आफ्नै निवास गोदावरी नगरपालिका ४ बास्कोटामा गोदावरी न्युज सँग प्रतिकृया दिँदै उँहाले भन्नु भयो - यो खुशी मेरो मात्रै होइन यस क्षेत्रका सबै जनताको हो । मन्त्री सुबेदीले मन्त्रालयको कामको गतिलाई पनि बढाउने बताउनु भयो । "मन्त्रालयले बिगतमा गरेका राम्रा कामलाई पनी अगाढी बढाउंछु", उँहाले भन्नु भयो - "सबै कामको अध्यन गरेर नयाँ केही कामको थालनी पनि हुन्छ"।मन्त्री सुबेदीले मन्त्रालयबाट प्रदान गरिने जनसेवालाई पनि प्रभाबकारी रुपमा अगाढी बढाइने बताउनु भयो । उँहाले परिवारका सदस्य र स्थानियले घरमा भब्य स्वागत गरेका छन् ।    
 

प्रतिकृया दिनुहोस

नेविसंघका अध्यक्ष नैनसिंह महरले दिए पदबाट राजीनामा

काठमाडौं , माघ २८ । आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा

नेकपाका सुदुरपश्चिम प्रदेशका शिर्ष ३ नेता धनगढीमा

धनगढी,माघ २६।  नेकपा प्रदेश कमिटीको बैठकको लागी नेकपाका  सुदुरपश्चिम प्रदेशका  शिर्ष ३ नेता धनगढी पुगेका छन् । सुदुरपश्चिम प्रदेश कमिटी भित्र

सरकारले फागुनदेखि रोजगारि दिने ,बेरोजगारीलाई भत्ता

काठमाण्डौ , माघ २४ । आगामी फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर कार्यान्वयनमा आउने भएको छ । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र