दिर्घ सोडारीलाई पदमुख्त गरेपछि नेकपा सुदुरपश्चिमको राजनीति गर्मागर्मी

फोटो फाइल

धनगढी,कार्तिक २८ ।  

सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री दिर्घ सोडारीलाई नेकपाले सरकारबाट फिर्ता बोलाएपछि यस क्षेत्रको नेकपाको राजनीतिमा अनेक टिका टिप्पणी र बहस शुरु भएको छ । पदीय आचरण र सामाजिक मर्यादाभन्दा बाहिर गएर ‘अश्लील हर्कत’ गर्न थालेपछि मन्त्री र पार्टी दुवैबाट बर्खास्त गर्नुपरेको नेकपाले जनाएको छ । उनको योनजन्य अडियो टेप प्रधानमन्त्री केपी ओली सम्म पुगेपछि ओली कै निर्देशनमा सोडारीलाई हटाएको खबरहरु सार्बजनिक भएका छन् ।

 

उनलाई हटाउन नेकपाको प्रदेश कार्यालयको टिम एक ढिक्का भएको हो । उनी नेकपाका सुदुरपश्चिम इन्चार्ज भिमरावलको विश्वास पात्र मानिन्छन् । रावलले अन्तिम सम्म पनि सोडारीलाई बचाउन खोजेपनी उनका बिबादित सबैकुरा प्रधानमन्त्री ओली समक्ष पुग्ने गरेको स्रोतले बतायो । सोडारी बिगतमा पनि बिभिन्न कारणले बिबादमा आएका थिए । तत्कालिन  एमालेका कैलाली जिल्ला अध्यक्षसमेत रहेका सोडारीविरुद्ध आर्थिक र चारित्रिक विचलनका धेरै उजुरी परेको तथा कतिपय आपत्तिजनक खालका प्रमाण समेत फेला परेपछि बर्खास्त गरिएको प्रदेश अध्यक्ष कर्णवहादुर थापाले बताए।

 

तर सोडारीले भने आफुलाई सरकारबाट फिर्ता बोलाएको कारणबारे थाहा पाउन नसकेको बताएका छन् । उनले संचारमाध्यमहरुलाई प्रतिकृया दिंदै आफ्नो कार्बाहीको बारेमा केही थाहा नभएको बताउंदै आएका छन् । उनको कार्बाहीमा प्रदेशका नेताहरु भन्दा पनि केन्द्रका मुख्य नेताहरुको बढि चासो देखिएको छ । तर उनले आफु पार्टी भित्रको गुटबन्दीको शिकार भएको पनि बताएका छन् ।सोडारी ६ वर्षदेखि कैलालीमा तत्कालीन एमालेका अध्यक्ष रहेका थिए । उनी पार्टीभित्र माधव नेपाल समूहमा छन् । अली खरो स्वभाबका सोडारी पार्टी भित्र गुटबन्दी गर्ने नेताको रुपमा चिनिन्छन् । तत्कालिन एमालेको कैलालीको राजनितीको केन्द्रमा उनी रहंदै आएका थिए ।   

प्रतिकृया दिनुहोस

डोटी काठमाण्डौ संपर्क समितिको अध्यक्षमा बलाएर

काठमाण्डौ,मंसिर २७।  नेपाली कांग्रेस डोटी काठमाण्डौ संपर्क समितिको दोश्रो साधारण सभा सम्पन भएको छ ।बिहिबार काठमाण्डौमा सम्पन भएको  समितिको

सरकारका काम कार्बाही बिरुद्ध राष्ट्रिय जनमोर्चाको धनगढीमा बिरोध सभा

धनगढी,मंसिर २७ ।  सरकारका काम कार्बाही बिरुद्ध राष्ट्रिय जनमोर्चाले बिरोध सभाको आयोजना गरेको छ । कैलालीको धनगढीमा जनमोर्चाले सरकारका जिम्मेवार

कांग्रेसको राजनीतिक प्रतिवेदन- नेकपाको लोकतन्त्रप्रतिको विश्वास र निष्ठा शंकाको

काठमाण्डौ, मंसिर २५ ।  मुख विपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को लोकतन्त्रप्रतिको विश्वास र निष्ठामाथि प्रश्न