एलपीएल - सरस्वती माबि गेटा कैलाली र लिटिल बुद्ध कञ्चनपुर विजयी

धनगढी , कात्तिक २९ ।
धनगढीमा जारी तेस्रो निष्ट लिटल फ्लावर प्रिमियर लिग अन्तरगत आजको खेलमा सरस्वती माबि गेटा कैलाली र लिटिल बुद्ध कञ्चनपुर विजयी भएका छन् । आजको पहिलो खेलमा सरस्वतीले भक्तपुर निस्टलाई ६ विकेटले पराजित गरेको छ । बिहिवार सम्पन्न पहिलो खेलमा भक्तपुर निस्टले जितको लागि दिएको १ सय ७ रनको समान्य लक्ष्य १६ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै पुरा ग¥यो। सरस्वतीको जितमा कप्तान आयुब चन्दले अविजित ४१, अरुण महराले २४, हृदय बिठारिले १८ तथा आशिष पनेरुले अविजित १० रनको योगदान दिए।

 

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको भक्तपुर निस्ट स्कुलले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ६ रन मात्र बनाउन सकेको थियो। खेलको म्यान अफ द म्याच सरस्वतीको आयुव चन्द भए। प्रतियोगितामा लगातार दोस्रो खेलमा पराजय भएपछि भक्तपुर निस्ट प्रतियोगिताबाट बाहिरिएको छ । आजै भएको दोश्रो खेलमा लिटिल बुद्ध एकेडेमी कञ्चनपुरले एबिसी आवासीय नेपालगन्जलाई ९६ रनको फराकिलो अन्तरले पराजित गरेको छ। लिटिल बुद्धका कप्तान तथा नेपाली अन्डर–१९ टोलिका सदस्य सन्दिप जोराले ब्याटिङ र बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेपछी लिटिल बुद्धले एबिसी आवासियलाई फराकिलो अन्तरले पराजित गरेको हो। लिटिल बुद्ध एकेडेमी कंचनपुरले जितको लागि दिएको २०२ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको एबिसी आवासीय नेपालगन्ज १४ दशमलव ४ ओभरमा मात्र १ सय ५ रनमै समेटियो।

 

एबिसी स्कुललाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ लिटिल बुद्धका हेमन्त कार्किले ४ , रोचक ऐरले २, पारस क्षेत्री र कप्तान सन्दीप जोराले समान १÷१ विकेट लिए। यस अघि टस जितेर पहिला ब्याटिङ गरेको लिटिल बुद्ध एकेडेमी कंचनपुरले सन्दिप जोरा र सुशील खड्काको अर्धशतकिय पारीको मदत्तले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १ रनको विशाल योगफल तयार पारेको थियो । कप्तान जोराले अविजित रहदै ८३, खड्काले ४४ बलमा ५४ र कमल सिह ऐरिले अविजित १६ बलमा ३२ रन बनाए। लिटिल बुद्धको लागि ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान सन्दिप जोरा खेलको म्यान अफ द म्याच घोषणा भएका छ्न्।

 

 

प्रतिकृया दिनुहोस

बर्षाले डिपिएलका आज हुने खेल प्रभाबित

धनगढी, फागुन ४ ।  धनगढीको फाप्ला किर्केट मैदानमा जारी धनगढी प्रमियर लिग (डिपीएल) अन्तर्गत शनिबार काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीचको खेल

डिपिएल अन्तर्गत आजको दोस्रो खेल बर्षाका कारण स्थगित

धनगढी , फागुन ०२ । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आजको दोस्रो खेल बर्षाको कारण स्थगित भएको छ ।   विराटनगर

डीपीएलमा सिवाईसी अत्तरियाको लगातार दोस्रो जित

धनगढि ,  फागुन ०२  । आज भएको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गर्दै अत्तरियाले लगातार दोस्रो जित निकालेको छ  । टस जितेर