भोलीदेखि जेटी कप क्रिकेट प्रतियोगिता सुरु हुदै, खेलको सबै तयारी पूरा

गोविन्द बीसी , बौनिया , कार्तिक,३०
चौथो संस्करण अन्तर्गतको जेटी कप क्रिकेट प्रतियोगिता भोली ृशनिबारे देखि सुरु हुने भएको छ ।  कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर(४ मुडाबजार स्थित खेल मैदानमा संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । लिगको पूर्वसन्ध्यामा शुक्रबार पत्रकार सम्मेलनमा आयोजक जगततारा बोर्डिङ स्कूलले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगिताको एक कार्यक्रमका बीच बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम चौधरीले उद्घाटन गर्ने बताइएको छ ।
आयोजक जगततारा बोर्डिङ स्कूलका संस्थापक एवं खेल संयोजक एकेन्द्र मल्लका अनुसार प्रतियोगिताको उद्घघाटन खेल आरएमई स्कूल टीकापुर र आयोजक जगततारा बोर्डिङ स्कूल बीच हुने भएको छ ।


प्रतियोगितामा जिल्लाका टीकापुर, लम्की, बौनिया र सुखड लगायतका स्थानबाट १६ वटा टीमको सहभागिता रहने भएको छ । प्रतियोगिता टी–२० को आधारमा हुनेछ। लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । मावि तहका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको सहभागिता रहने उक्त प्रतियोगिता भोली देखि आगामी मंसिर १५ गतेसम्म सञ्चालन हुनेछ । विद्यालय स्तरमा ठूलो धनराशीको क्रिकेट प्रतियोगिता भएकाले खेल तथा खेलाडीको विकासमा योगदान पुग्ने लक्ष्य लिएको आयोजकले जनाएको छ । प्रतियोगिताको अक्सब्रिज पब्लिकेशनले मूख्य प्रायोजन गरेको छ भने, बर्दगोरिया गाउँपालिका कार्यालय मूख्य प्रबर्द्धक रहेको छ । प्रतियोगितालाई विभिन्न पब्लिकेशन र स्थानीय व्यवसायीले समेत सहयोग गरेका छन् । यस्तै, लम्कीस्थित प्रमोद पुस्तक पसलले प्रतियोगिताको म्यान अफ द म्याचको पुरस्कार उपलब्ध गराउने जनाएको छ ।

 

प्रतियोगिताको विजेताले ६१ हजार १ सय ११ तथा उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी,उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलरले जनही २ हजार ५ सय र  उदयमान खेलाडीले १ हजार रुपैयाँ मेडल, ट्रफी, र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस

ईपीएल क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै

काठमाडौं , मंसिर २५। एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । टियु क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा साविक

गोदावरी नगरपालिका जोनापुरमा ठुलो धनराशीको फुटबल प्रतियोगिता आयोजना हुने

अत्तरिया,मंसिर २४ ।  हाम्रो गोल, सामाजिक बिकृति बिरुद्धको गोल भन्ने नाराका साथ गोदावरी नगरपालीकाको वडा नम्बर ८ जोनापुरमा ठुलो धनराशीको फुटबल

एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगितामा ललितपुर प्याट्रीयट्सद्वारा चितवन टाइगर्स पराजित

काठमाण्डौ,मंसिर २३ ।  एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन