देउवाविरुद्ध पार्टी मुख्यालयमा नेविसंघको चर्को नाराबाजी

काठमाण्डौ, मंसिर १ । 

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी नेतृत्वविरुद्ध चर्को  नाराबाजी गरेको छ।संस्थापन र संस्थापन इतरका विद्यार्थी नेता–कार्यकर्ताले नेविसंघ को महाधिवेशनका विषयमा तत्काल निर्णय गर्न माग राखेर प्रदर्शन गरेका हुन्।नेविसंघको केन्द्रीय कार्यसमिति खारेजी र म्याद थपको विषयमा दुर्इपक्षबीच विवाद बढेपछि विद्यर्थीले नाराजुलुस गरेका हुन्।कांग्रेसले बैठक बोलाएपछि नेविसंघ आवद्ध विद्यार्थी सानेपामा पुगेर पार्टी नेतृत्वविरुद्ध नाराबाजी गरेका थिए ।

पार्टी मुख्यालयमा सभापति शेरबहादुर देउवा प्रवेश गरेपछि चर्को नाराबाजी सुरु हुँदा नेविसंघका दुर्इपक्षबीच झडप हुने स्थिति सिर्जना भएको थियो। पूर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य वीर बहादुर बलायरले शान्त बस्न आग्रह गर्दा विद्यार्थी र बलायरबीच हात हालाहालको अवस्था श्रृजना भएको थियो । नेविसंघले ३ महिना अघि पार्टी केन्द्रीय समितिमा पेस गरेको विधान र नियमावलि पास हुन नसक्दा नेविसंघको भावी नेतृत्वमा अन्यौल छाएको हो । भोलि देखि नेविसंघको थप गरिएको पदावधि पनि सकिँदै छ ।  

प्रतिकृया दिनुहोस

दाङमा आगलागी हुँदा ३ बालकको ज्यान गयो

दाङ,मंसिर २८ ।   दाङमा आगलागी हुँदा ३ बालकको ज्यान गएको छ । जिल्लाको  बंगलाचुली गाउँपालिका–८ गुराँसेका नवराज पुनको घरमा आगलागी हुँदा उनका एक छोरा

सडकको सुबिधा नहुदा सवारी साधनहरु पनि तुइनबाटै नदी वारपार गर्दै

जाजरकोट,मंसिर २८ । तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न

सरकारद्वारा साना किसानहरुको ऋण मिनाहा गर्ने घोषणा

काठमाण्डौ,मंसिर २७।  सरकारले साना किसानहरुको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय सोमबारको