प्रजातन्त्र र लोकतन्त्रको संरक्षणको लागी फेरी लडनै पर्ने भयो - सभापती देउबा

काठमाण्डौ, मंसिर ३ । 
कांग्रेस सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउनु भएको छ । सोमबार   पार्टी कार्यालयमा  आयोजित प्रदेश–३ स्तरीय कार्यशाला गोष्ठीमा बोल्दै उँहाले भन्नु भयो -"सरकार अधिनायकवाद तर्फ सोझिएको छ"। उँहाले दुई तिहाइको सरकार गठनसँगै मुलुकमा राजनीतिक स्थिरता आएको चर्चा गरिए पनि जनताले प्रत्यक्ष महशुस गर्न नसकेको जिकिर गर्नु भयो  । उँहाले मलुकको राजनीति सत्ताउन्मुख हुँदै गएकामा चिन्ता व्यक्त गर्नु भयो  ।अधिनायवादले प्रजातन्त्रलाई नष्ट गर्ने सभापति देउवाको भनाइ छ । उँहाले  ००७ सालदेखि प्रजातन्त्रको पक्षमा लड्दै आएको पृष्ठभूमिमा फेरि एक पटक प्रजातन्त्र र लोकतन्त्रको संरक्षण गर्न एकजुट हुन कार्यकर्तालाई निर्देशन दिनु भयो ।पूर्वप्रधानमन्त्री समेत रहेका सभापती देउबाले सर्वसत्तावाद उन्मुख सरकारको नियत र अधिनायकवादी चरित्र सदाका लागि अन्त्य गर्न पार्टीले शसक्त प्रतिकार गर्नुपर्नेमा बताउनु भयो  । 
 

प्रतिकृया दिनुहोस

डोटी काठमाण्डौ संपर्क समितिको अध्यक्षमा बलाएर

काठमाण्डौ,मंसिर २७।  नेपाली कांग्रेस डोटी काठमाण्डौ संपर्क समितिको दोश्रो साधारण सभा सम्पन भएको छ ।बिहिबार काठमाण्डौमा सम्पन भएको  समितिको

सरकारका काम कार्बाही बिरुद्ध राष्ट्रिय जनमोर्चाको धनगढीमा बिरोध सभा

धनगढी,मंसिर २७ ।  सरकारका काम कार्बाही बिरुद्ध राष्ट्रिय जनमोर्चाले बिरोध सभाको आयोजना गरेको छ । कैलालीको धनगढीमा जनमोर्चाले सरकारका जिम्मेवार

कांग्रेसको राजनीतिक प्रतिवेदन- नेकपाको लोकतन्त्रप्रतिको विश्वास र निष्ठा शंकाको

काठमाण्डौ, मंसिर २५ ।  मुख विपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को लोकतन्त्रप्रतिको विश्वास र निष्ठामाथि प्रश्न