लिटिल फ्लावर प्रिमियर लिगको उपाधिका लागि लिटिल फ्लावर धनगढी र लिटिल बुद्ध महेन्द्रनगर भिड्ने

धनगढी ,मंसिर ०३ ।

धनगढीमा जारी तेस्रो लिटिल फ्लावर प्रिमियर लिगको उपाधिका लागि लिटिल फ्लावर धनगढी र लिटिल बुद्ध महेन्द्रनगर भिड्ने भएका छन्। आज भएका सेमिफाईनलमा जित हात पार्दै दुवै टोली आमने साने हुन लागेका हुन् । लिटिल फ्लावरले पहिलो सेमिफाईनलमा  साविक विजेता सिद्धार्थ सिसु सदनलाई ५ विकेट हरायो भने लिटिल बुद्धले दोस्रो सेमिफाईनलमा हिमालयन ह्वाईट हाउस काठमाण्डौंलाई १३ रनले किनारा लगायो । दुवै टोली बीचको भिड्न्त भोली विहान १० वजे धनगढी स्थित संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा हुनेछ ।

 

पहिलो सेमिफाईनलमा टस जितेर पहिला ब्याटिङ गरेको डिफेन्डिङ च्याम्पियन सिद्धार्थ शिशु सिद्धार्थले २० ओभरमा ८ विकेट गुमाउँदै १०२ रनको स्कोर बनायो । सिद्धार्थको लागि गजेन्द्र बोहराले सर्वाधिक ३९, खडक बोहराले २२, सुविन महराले १३ र सुरेन्द्र साउँदले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन् । सिद्धार्थलाई सस्तैमा समेट्ने क्रममा लिटिल फ्लावरका शेर मल्लले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । सुरज तिरुवाले ४ ओभरमा १८ रन खर्चिदै २ तथ विक्रम ठगुन्ना र सागर भण्डारीलेएक एक विकेट लिए । दोस्रो सेमिफाईनलमा टस जितेर पहिले ब्याटिङ गरेको लिटिल बुद्ध एकेडेमी महेन्द्रनगरले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १५० रनको योगफल बनायो । लिटिल बुद्धका लागि नारायण जोशीले ५९, हेमन्त कार्कीले ३९, हेमन्त धामीले १४ तथा शुसिल खड्काले १२ रन बनाए ।

 

हिमालयन ह्वाईट हाउसको लागि अंकित सुवेदी र शुशान्त सिहले ३÷३ विकेट तथा फ्रिदोस अन्सारी, अमृत सिंह र रमेश भट्टले एक एक विकेट लिए । लिटिल बुद्ध एकेडेमीले जितको लागि दिएको १५१ रनको लक्ष्य पछ्याएको हिमालयन ह्वाईट हाउस भने २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ। उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिने प्रतियोगिताका निर्देशक कलेन्द्र शाहीले बताए।  प्रत्येक खेलको म्यान अफ द म्याच अन्तर्गत लिग चरणमा प्रति खेल नगद एक हजार, नकआउट चरणमा प्रति खेल नगद एक हजार ५ सय र फाईनलमा नगद २ हजार ट्रफी र प्रमाणपत्र पुरस्कार दिईने उनले बताए।

 

प्रतिकृया दिनुहोस

डीपीएल क्रिकेट अन्तर्गत आजका दुवै खेल रद्ध , धनगढीे प्रतियोगिताबाट बाहिरियो

धनगढी , फागुन ०४ । मैदानमा पानी जमेका कारण तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तरर्गतका आजका दुबै खेल रद्ध भएका छन । फाप्ला

बर्षाले डिपिएलका आज हुने खेल प्रभाबित

धनगढी, फागुन ४ ।  धनगढीको फाप्ला किर्केट मैदानमा जारी धनगढी प्रमियर लिग (डिपीएल) अन्तर्गत शनिबार काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीचको खेल

डिपिएल अन्तर्गत आजको दोस्रो खेल बर्षाका कारण स्थगित

धनगढी , फागुन ०२ । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आजको दोस्रो खेल बर्षाको कारण स्थगित भएको छ ।   विराटनगर