संघियता कम्युनिष्टहरुले चाहेको ब्यबस्था होइन् - काँग्रेस उपसभापती निधी (भिडियो)

धनगढी, मंसिर ४ । 

नेपाली कांग्रेसका उपसभापती बिमलेन्द्र निधीले संघियता कम्युनिष्टहरुले चाहेको ब्यबस्था नभएको बताउनु भएको छ । पार्टी कामको सिलसिलामा धनागढीमा रहेका निधीले प्रेस युनियन कैलालीले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । "प्रदेश देखी केन्द्र सम्म कम्युनिष्टहरुको सरकार छ", नेता निधीले भन्नु भयो - "काम केही भएको छैन ,सामान्य अबस्थामा हुनुपर्ने काम पनि गर्न सकेको छैन"।

 

उँहाले कम्युनिष्ट सरकारका कारण संबिधान र संघियता खतरामा पर्ने सम्भाबना रहेको बताउनु भयो । नेता निधीले कांग्रेस भित्रको बिबाद सामान्य रहेको बताउनु भयो । उँहाले भन्नु भयो - 'लोकतान्त्रिक पार्टी भित्र हुने बिबाद सामान्य रहेको हो , यो बिबादले अरु कसैलाई साम्यबाद ल्याउन फाईदा हुंदैन'। निधीले संघियतालाई केन्द्र सरकारले अझै स्वीकार नगरेको आरोप लगाउनु भयो । "प्रदेशको आफ्नो प्रहरी ,आफ्नो कर्मचारी हुनुपर्छ, केन्द्रले यँहाको प्रहरी प्रशासन चलाउने होइन," उपसभापती निधीले भन्नु भयो- "संघिय सिद्दान्त अनुसार हरेको प्रदेशको आफ्नो प्रहरी ,आफ्नो कर्मचारी, आफ्नो अदालत हुनु पर्दछ" । उँहाले प्रदेशलाई  अधिकार दिन केन्द्र पनि तयार नभएको र केन्द्र संघ अधिकार माग्न प्रदेश पनि तयार नरहेको बताउनु भयो ।

प्रतिकृया दिनुहोस

डोटी काठमाण्डौ संपर्क समितिको अध्यक्षमा बलाएर

काठमाण्डौ,मंसिर २७।  नेपाली कांग्रेस डोटी काठमाण्डौ संपर्क समितिको दोश्रो साधारण सभा सम्पन भएको छ ।बिहिबार काठमाण्डौमा सम्पन भएको  समितिको

सरकारका काम कार्बाही बिरुद्ध राष्ट्रिय जनमोर्चाको धनगढीमा बिरोध सभा

धनगढी,मंसिर २७ ।  सरकारका काम कार्बाही बिरुद्ध राष्ट्रिय जनमोर्चाले बिरोध सभाको आयोजना गरेको छ । कैलालीको धनगढीमा जनमोर्चाले सरकारका जिम्मेवार

कांग्रेसको राजनीतिक प्रतिवेदन- नेकपाको लोकतन्त्रप्रतिको विश्वास र निष्ठा शंकाको

काठमाण्डौ, मंसिर २५ ।  मुख विपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को लोकतन्त्रप्रतिको विश्वास र निष्ठामाथि प्रश्न