टि २० क्रिकेट प्रतीयोगिताको उपाधी लिटिल फ्लावर स्कुल धनगढीले पायो

धनगढी,मंसिर ४ । 
निस्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग टि २० क्रिकेट प्रतीयोगिताको उपाधी घरेलु टोली लिटिल फ्लावर स्कुल धनगढीले जितेको छ । धनगढी स्थित संघिय प्रहरी कार्यालयको खेल मैदानमा मंगलबार सम्पन्न फाईनल खेलमा कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीलाई ७ विकेट पराजित गर्दै   लिटिल फ्लावरले उपाधी जितेको हो । लिटिल बुद्धले जितको लागी दिएको १४६ रनको लक्ष्य लिटिल फ्लावर स्कुल धनगढीले १८.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।लिटिल फ्लावरलाई उपाधी दिलाउन टिमका  कप्तान विपिन रावलले उत्कृष्ट ७९ रनको अर्धसतकिय पारी खेले ।  यस्तै दिपक रोकायाले अविजित २४, अनिल थापा र बिशाल भट्टले समान १४÷१४ रनको महत्त्वपूर्ण योगदान दिएका थिए ।

बलिङतर्फ लिटिल बुद्ध एकेडेमी कञ्चनपुरका नारायण जोशिले २ विकेट लिएक थिए । लिटिल फ्लावरका कप्तान विपिन रावलले टीमको उत्कृष्ट प्रदर्शनले उपाधी जितेको बताए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लिटिल बुद्धले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४५ रनको योगफल तयार गरेको थियो ।पहिलोपटक च्याम्पियन बनेको लिटिल फ्लावर स्कुल धनगढीले उपाधीसङ्गै १ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र तथा लगातार दोस्रो पटक उपविजेतामा सिमित रहेको लिटिल बुद्ध एकेडेमी कंचनपुरले ५५ हजार ५ सय ५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छ्न ।प्रतियोगितामा प्लेयर अफ द सिरिज नेपाली अन्डर १९ टोलिका सदस्य शेर मल्ल, बेस्ट ब्याट्सम्यान सिद्धार्थ शिशु सदनका खडक बोहरा, बेस्ट बलर लिटिल बुद्ध एकेडेमीका रोचक ऐर र राईजिङ प्लेयर लिटिल फ्लावर स्कुल धनगढीका बिशाल भट्ट भए ।

प्रतिकृया दिनुहोस

डीपीएल क्रिकेट अन्तर्गत आजका दुवै खेल रद्ध , धनगढीे प्रतियोगिताबाट बाहिरियो

धनगढी , फागुन ०४ । मैदानमा पानी जमेका कारण तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तरर्गतका आजका दुबै खेल रद्ध भएका छन । फाप्ला

बर्षाले डिपिएलका आज हुने खेल प्रभाबित

धनगढी, फागुन ४ ।  धनगढीको फाप्ला किर्केट मैदानमा जारी धनगढी प्रमियर लिग (डिपीएल) अन्तर्गत शनिबार काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीचको खेल

डिपिएल अन्तर्गत आजको दोस्रो खेल बर्षाका कारण स्थगित

धनगढी , फागुन ०२ । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आजको दोस्रो खेल बर्षाको कारण स्थगित भएको छ ।   विराटनगर