अस्पतालहरु सेवा बिहिन-सुदुरपश्चिम प्रदेशबाट ठुलो संख्यामा स्टाप नर्सहरुको सरुवा

अत्तरिया,मंसिर ५ ।  

सुदूरपश्चिम प्रदेशबाट स्वास्थ्य सेवा विभागले २० जना स्टाफ नर्सको सरुवा गरेको छ। विभागले सोमबार जारी गरेको स्टाफ नर्सको नयाँ सूचीमा यस प्रदेशबाट अन्य प्रदेशमा १६ र अन्य प्रदेशबाट यस प्रदेशमा ४ जनाको सरुवा गरिएको उल्लेख छ। सरुवा गरिएका २० जनामध्ये ४ जनालाई यस प्रदेशभित्रकै जिल्ला अन्तर्गत सरुवा गरिएको छ। अस्पातल को सेवामा  महत्वपूर्ण भूमिका खेल्ने नर्सहरुलाई यसरी सरुवा गर्दा प्रदेशभरका स्वास्थ्य संस्थाहरु प्रभाबित भएका छन् । स्वास्थ्य सेवा विभागले बैतडी जिल्लामा रहेका दुई जना स्टाफ नर्सलाई प्रदेश बाहिर सरुवा गरिएपछि सो जिल्ला स्टाफ नर्स विहिन बनेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

 एकमात्र उपक्षेत्रीय अस्पताल डडेलधुरामा हाल कार्यरत स्टाफ नर्सको संख्या ६ जनामात्र रहेको छ। उपक्षेत्रीय अस्पतालमा १८ जना स्टाफ नर्सको दरबन्दी छ। अस्पतालमा कार्यरत ६ जना स्टाफ नर्स अध्ययन बिदामा रहेको र थप ६ जनाको सरुवा हुँदा सेवा प्रभावमा समस्यामा हुने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताउनु भयो। कैलालीको मालाखेती अस्पतालमा ५ जाना नर्सको दरबन्दी भएपनी २ जना अध्यन बिदा मा गएका छन् ।

 

अस्पतालका डा शिवराज पनेरुले अहिले भबन नहुँदा बिरामी भर्ना नगरिएको बताउनु भयो । बिरामी भर्ना शुरु भए अहिले को जनशक्तीले नपुग्ने उँहाको भनाई छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक अबस्थीले कर्मचारीको संख्या कटौती गर्दै जाने हो भने जनतालाई स्वास्थ्य सेवा दिने सरकारको लक्ष पुरा नहुने जिकिर गर्नु भयो । उँहाले  प्रदेश र स्थानीय तहलाई करारमा कर्मचारी राख्ने अधिकार पनि नदिएकोमा गुनासोसमेत गर्नु भयो  । ‘देशभरी नै दरबन्दी अनुसारको सरकारी अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा कर्मचारीको उपस्थिति छैन’, निर्देशक अवस्थीले भन्नु भयो, ‘हचुवाको भरमा सरुवा गर्दा सेवा प्रवाहमा समस्या भएको छ।’

प्रतिकृया दिनुहोस

दरबन्दी अनुसारका डाक्टर नहुँदा बिरामी मर्कामा

बैतडी , माघ १८ । बैतडीको सुर्नया गाउँपालिका–८ ढोलेकी राधा बिकले घरमै बच्चा जन्माइन् । घर नजिकै बनेको सामुदायिक स्वास्थ्य इकाइमा कर्मचारी नहुँदा

राष्ट्रिय सभाबाट पनि ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ पारित

काठमाण्डौ , माघ १७ । राष्ट्रिय सभाबाट पनि ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा प्रमुख

सुशीला कार्की शिक्षण अस्पतालमा

काठमाडौं , माघ १६ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर डा.केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।