काँग्रेसले सही प्रतिपक्षको भूमिका निभाउन सकेन - काँग्रेस नेता गगन थापा

धनगढी,मंसिर ६। 
नेपाली काँग्रेसका नेता गगन कुमार थापाले आफ्नो पार्टीले सही प्रतिपक्षको भूमिका निभाउन नसकेको आरोप लागाउनु भएको छ । प्रेस युनियनले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उँहाले यस्तो बताउनु भएको हो । 'संघिय र प्रदेश संसदमा काँग्रेसले  जुन भूमिका खेल्नु पर्ने हो त्यो भूमिका देखिएन,' थापाले भन्नु भयो - 'सरकारले सही काम नगर्ने, प्रतिपक्षले जनताको आवाज उठाउनु पर्ने हो त्यसमा काँग्रेस चुकेको छ' । नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका थापाले दुई तिहाई बहुमतको सरकारले जन-भावना अनुसार काम गर्न नसकेको कारण सिङो संघिय प्रणाली माथि निराशा बढेको टिप्पणी गर्नु भयो ।

 

उँहाले सरकारको काम कार्बाहीको बारेमा समिक्षा गर्नु पर्ने समय अाईनसकेको भएपनी शुरुवाती काम हेर्दा आशा जोगाउने ठाउँ नरहेको बताउनु भयो । उँहाले ठुलो संख्यामा निर्बाचनमा सहभागी भएका नयाँ मतदाताहरुमा सरकार प्रती आक्रोस बढेको बताउनु भयो । 'हामिले शान्ती प्रकृया पछी देश अगाढी बढछौ भन्यौ , निर्बाचन पछी ,संबिधान बनेपछी पनि त्यस्तै भन्यौ,' उँहाले भन्नु भयो- 'तर दुई तिहाईको स्थिर सरकार बनेपछि पनि अब के भन्ने त्यसैले सरकारको काम गर्ने शैली भएन'। नेता थापाले सरकारका मन्त्री प्रधानमन्त्रीलाई अहिले भाषण दिएर हिँड्नु भन्दा मौन बर्त लिएर काममा लाग्न सुझाब दिनु भयो । उँहाले अहिले कै अबस्थामा काँग्रेस भित्र आमुल परिबर्तन हुने कुरा चुनौतीपुर्ण रहेपनी आफुहरु नेत्रित्वको बिकल्पको खोजीमा रहेको प्रष्ट पार्नु भयो । देश संघियतामा गएको छ, सबै संस्थाहरुका संघिय संरचनाहरु बनेका छन् तर काँग्रेस पार्टीको अझै संघिय कमिटीहरु बन्न नसक्नु दु:खद रहेको उँहाको भनाई रहेको छ ।
 

प्रतिकृया दिनुहोस

डोटी काठमाण्डौ संपर्क समितिको अध्यक्षमा बलाएर

काठमाण्डौ,मंसिर २७।  नेपाली कांग्रेस डोटी काठमाण्डौ संपर्क समितिको दोश्रो साधारण सभा सम्पन भएको छ ।बिहिबार काठमाण्डौमा सम्पन भएको  समितिको

सरकारका काम कार्बाही बिरुद्ध राष्ट्रिय जनमोर्चाको धनगढीमा बिरोध सभा

धनगढी,मंसिर २७ ।  सरकारका काम कार्बाही बिरुद्ध राष्ट्रिय जनमोर्चाले बिरोध सभाको आयोजना गरेको छ । कैलालीको धनगढीमा जनमोर्चाले सरकारका जिम्मेवार

कांग्रेसको राजनीतिक प्रतिवेदन- नेकपाको लोकतन्त्रप्रतिको विश्वास र निष्ठा शंकाको

काठमाण्डौ, मंसिर २५ ।  मुख विपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को लोकतन्त्रप्रतिको विश्वास र निष्ठामाथि प्रश्न