अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुन बनाइनुपर्ने माग

फागुन ११ , एजेन्सी 

गत साताफ्लोरिडाको एक स्कुलमा भएको गोलीबारी घटनापछी अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुन बनाइनुपर्ने मागबारे बहस सुरु भएको छ । अमेरिकाका विभिन्न सहरमा विद्यार्थीहरूले बन्दुक नियन्त्रण कानुन तत्काल पास गर्नुपर्ने माग राख्दै आन्दोलन सुरु गरेको एसोसिएट प्रेसले जनाएको छ । विद्यार्थीहरूले राजनीतिक कारबाहीका लागि दबाब सिर्जना गर्न वासिङ्टनमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणासमेत गरेका छन् ।
गत बुधबार भएको गोलीकाण्डमा १७ विद्यार्थीको मृत्यु भएको थियो । विद्यालयमा आक्रमण गर्ने व्यक्ति सोही स्कुलमा पढ्ने पूर्वविद्यार्थी निकोलस क्रुज नै थिए । उनलाई तत्कालै प्रहरीले हिरासतमा लिएको थियो । घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादास्पद अभिव्यक्ति दिँदा विद्यार्थी आक्रोशित बनेका थिए । राष्ट्रपति ट्रम्पले अमेरिकामा बन्दुक नियन्त्रण कानुन पास नहुनुको पछाडि डेमोक्रेटिक पार्टी जिम्मेवार भएको आरोप लगाएका थिए । ट्रम्पले आफू तत्कालै बन्दुक नियन्त्रण कानुन पारित गर्न तयार भएको तर डेमोक्रेटिकले त्यसमा बाधा उत्पन्न गराएको बताएका छन् ।
आन्दोलनरत विद्यार्थीले अमेरिकामा बन्दुक नियन्त्रण कानुन नबन्दासम्म आफूहरूको आन्दोलन नरोकिने चेतावनी दिएका छन् । राष्ट्रपति प्रशासनले अमेरिकामा सबै क्षेत्रमा नियन्त्रण गर्न सक्ने तर बन्दुकमा नियन्त्रण राख्न नसकेको विद्यार्थीहरूले आरोप लगाएका छन् ।‘राष्ट्रपति ट्रम्पले प्रतिनिधिसभामा आफ्नो नियन्त्रणमा राखेका छन्, सिनेटर पनि नियन्त्रणमै छन् तर बन्दुक नियन्त्रण कानुनजस्तो विशेष मुद्दामा उनी कमजोर देखिए,’ आन्दोलनमा सहभागी एक विद्यार्थीले अन्तर्राष्ट्रिय एजेन्सीहरूसँग कुराकानी गर्दै भने, ‘बन्दुक नियन्त्रणसम्बन्धी अहिलेसम्म एउटा पनि बिल पास नहुनु हास्यास्पद र दयनीय भएको हाम्रो ठहर छ ।’

प्रतिकृया दिनुहोस

गाजा हिंसामा मृतकको संख्या ५८ पुग्यो

जेठ १  , काठमाडौं । प्यालेस्टायनको गाजा क्षेत्रमा फैलिएको हिंसामा कम्तीमा ५८ जनाको ज्यान गएको छ भने २७०० घाइते भएका छन् । इजरायल सँगको सिमानामा

सिरियामा मानवीय सहायताको अपिल गर्दै ३० दिने युद्धविरामसम्बन्धी प्रस्ताव पारित

एजेन्सी जेनेभा, १५  फागुन |  संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सिरियामा मानवीय सहायताको अपिल गर्दै ३० दिने युद्धविरामसम्बन्धी प्रस्ताव पारित

डोनाल्ड ट्रम्प इतिहासकै खराब राष्ट्रपति

फागुन १०, एजेन्सी ।    राष्ट्रपति डोनाल्ड ट्रम्प इतिहासकै खराब राष्ट्रपति बनेका छन् । दुई सय राजनीतिक विशेषज्ञ तथा अमेरिकी जनताबीच भएको