चर्चित लोकपप गायक चेतन बोहराले फेरि ल्याए ‘जन्त बजाउन्या’ बोलको धुम मचाउने गित

अत्तरिया ,मंसिर ०९ ।
पछिल्लो समयमा अत्यन्तै ब्यस्त र चर्चित लोकपप गायक चेतन बोहराले फेरि बजारमा धुम मचाउने गित ल्याएका छन् । एकाएक लाखौ दर्शक श्रोताको मनमा बस्न सफल गायक चेतनले ‘जन्त बजाउन्या’ बोलको नयाँ गित बजारमा ल्याएका हुन् । उनले यो गित यहि शनिवार मात्रै आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । युट्युब मार्फत सार्वजनिक हुने बित्तिकै चर्चा बटुलिरहेको यो गितमा पनि उनले सुदुरपश्चिमका शब्द र भाषालाई समेटेका छन् । 

 

सानो उमेरमै थुप्रै गितहरु बजारमा ल्याएका उनले ‘धौलीको ब्या’ बोलको गितवाट निकै चर्चा कमाएका थिए । त्यसपछि उनले ‘अम्बर डम्बर’ , ‘मेरी लाली’ लगाएतका डिजे गितहरु बजारमा ल्याए । यि गितहरुलाई पनि लाखौ दर्शक श्रोताहरुले मन पराएका छन् । भरखरै सार्वजनिक ‘जन्त बजाउन्या’ गीत चेतनले आफ्नै स्वर , संगीत र शब्दमा तयार पारेका हुन् । म्युजिक ब्वाइको र्याप रहेको गीतमा गायक चेतनसँगै यसुदा बुढाले पनि स्वर दिएकी छन् । यस गीतको भिडियोमा गायक चेतन आफै , टिका जैशी ,  टेक साउँद लगायतले मोडलिङ गरेका छन् । भिडियोको निर्देशन पछिल्लो समयका चर्चित निर्देशक बिक्रम चौहानले गरेका छन् ।  

 

भिडियो तलको लिङ्कमा छ ।

https://www.youtube.com/watch?time_continue=2&v=VZlz3mEulkY

प्रतिकृया दिनुहोस

डेउडाको माहोल फर्काउने बड्डाहरु

काठमाण्डौ,मंसिर २८ ।  "फागुन असिनो बड्डो, चैत काफल झड्डो आइगयो बड्डी खोज, यो अछामी बड्डो"   अहिले धेरै देउडाप्रेमीको जिब्रोमा झुन्डिरहेको गीत

बिचार - "सयौँ रबि ओड र चेतराज फुलाराहरु यँही छ्न्,स्थानिय मेला महोत्सबमा मञ्च दिउँ"

अत्तरिया,मंसिर २८ ।  नेपालमा हरेक वर्ष जसो विभिन्न ठाउँहरुमा विभिन्न समयमा महोत्सव एवम् मेलाहरु संञ्चालन भईरहेका छन् । यस मामलामा सुदुरपश्चिम अझ

नेपाल अाईडलकाका चार प्रतिस्पर्धी संगीतिक कार्यक्रमको लागी कोरिया जाँदै

काठमाण्डौ,मंसिर २७।  नेपालको ठुलो सिंगीङ रियालिटी शो नेपाल अाईडलका का चार प्रतिस्पर्धी कोरिया जाने भएका छन् ।दक्षिण कोरियाको महत्वपूर्ण चाड