डा के.सीद्वारा सत्याग्रह गर्ने उदघोष , निर्मला पन्तका हत्यारालाई कार्बाही हुनुपर्ने माग थपियो

काठमाण्डौ, मंसिर १० । 
डा. गोविन्द केसीले विगतमा भएका सम्झौता अनुसार माग पूरा नभए सत्याग्रह सुरु गर्ने चेतावनी दिनु भएको  छ। सोमबार पत्रकार सम्मेलन मार्फत विज्ञप्ती जारी गरि २ पुससम्ममा माग पूरा नभए सत्याग्रह सुरु गर्ने बताउनु भएको हो । सरकारले अपराधीलाई कारबाही गर्नुको साटो ढाकछोप गर्न र जनताको आवाज थुन्न लागिपरेको भन्दै उँहाले सरकारको आलोचना गर्नु भयो  । उँहाले  १० साउनमा आफूसँग भएको सहमतिअनुसार चिकित्सा विधेयक संशोधन गरेर पास गर्नुपर्ने, गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले दोषी देखाएकाहरुलाई कारबाही गर्नुपर्ने, काठमाडौं विश्वविद्यालयले बढाएको एमबीबीएसको शुल्क फिर्ता गर्नुपर्ने लगायतका माग पनि राख्नु भएको छ ।त्यस्तै निर्मला बलात्कार पछि हत्या काण्डको प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या तथा अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइनुपर्ने माग समेत गर्नु भएको छ । 

सत्याग्रहका मागहरु
१. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस् ।
क) सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस् ।
ख) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् ।
ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघ बढाइयोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् ।
२. निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्ति माथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।
३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडांै विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस् ।
 

प्रतिकृया दिनुहोस

दाङमा आगलागी हुँदा ३ बालकको ज्यान गयो

दाङ,मंसिर २८ ।   दाङमा आगलागी हुँदा ३ बालकको ज्यान गएको छ । जिल्लाको  बंगलाचुली गाउँपालिका–८ गुराँसेका नवराज पुनको घरमा आगलागी हुँदा उनका एक छोरा

सडकको सुबिधा नहुदा सवारी साधनहरु पनि तुइनबाटै नदी वारपार गर्दै

जाजरकोट,मंसिर २८ । तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न

सरकारद्वारा साना किसानहरुको ऋण मिनाहा गर्ने घोषणा

काठमाण्डौ,मंसिर २७।  सरकारले साना किसानहरुको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय सोमबारको