नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सुदुरपश्चिम प्रदेश कमिटीका सदस्यको नामावली हेर्नहोस्

काठमाण्डौ, मंसिर १३ । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो  । बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ । यस्तै अब नेकपाले  केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयन गर्न बाँकी छ । सो विषयलाई पनि आगामी बैठकबाट टुंग्याइने  श्रेष्ठले जानकारी दिनु भयो  । पार्टी एकता भएको लामो समय भए पनि अझै तल्लो तहसम्म एकता हुन सकेको छैन । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ ।सुदूरपश्चिम प्रदेशको प्रदेश कमिटीमा पूर्व एमालेबाट १०० जना र पूर्व माओबादीबाट ८३ जना गरी १सय ८३ जनाको प्रदेश कमिटी बनेको छ ।



तस्बिर - रातोपाटी   

प्रतिकृया दिनुहोस

नेविसंघका अध्यक्ष नैनसिंह महरले दिए पदबाट राजीनामा

काठमाडौं , माघ २८ । आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा

नेकपाका सुदुरपश्चिम प्रदेशका शिर्ष ३ नेता धनगढीमा

धनगढी,माघ २६।  नेकपा प्रदेश कमिटीको बैठकको लागी नेकपाका  सुदुरपश्चिम प्रदेशका  शिर्ष ३ नेता धनगढी पुगेका छन् । सुदुरपश्चिम प्रदेश कमिटी भित्र

सरकारले फागुनदेखि रोजगारि दिने ,बेरोजगारीलाई भत्ता

काठमाण्डौ , माघ २४ । आगामी फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर कार्यान्वयनमा आउने भएको छ । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र