प्रदेश ५ मा पर्यटन बोर्ड बनाउने तयारी

बुटवल , मंसिर १४ ।
प्रदेश ५ ले प्रदेशको पर्यटन बोर्ड बनाउने तयारी गरेको छ । ५ नं प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेशको पर्यटन बोर्ड बनाउने तयारी गरेको बताए । उनले मन्त्रालयले पर्यटन ऐन ड्राफ्टीङ गरिरहेको तर अहिले दक्षजनशक्ति अभाबले केही समस्या भैरहेको बताए । नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश ५ ले मन्त्रालयमा पुगेर गरेको छलफल कार्यक्रममा बोल्दै उनले पर्यटन बोर्ड बनाउने तयारी पनि भैरहकाले इकाइ बनाउँदा पर्यटन पत्रकारको पनि सहभागिता रहने प्रतिबद्धता जनाए ।

 

प्रदेशमा पर्यटनको प्रचुर सम्भाबना रहेको र यसलाई उपयोगी बनाउन पर्यटन पत्रकारले पनि सहयोग पु¥याउन मन्त्री गिरीको आग्रह छ । नेफ्टोजले गर्न लागेको ‘प्रादेशिक पर्यटन सर्किट’ बिषय र पर्यटनको विकास,प्रबद्र्धनमा मन्त्रालयसँग सहकार्य आफुहरु आतुर रहेको लागि महासंघका प्रदेश अध्यक्ष भुवन कार्कीले बताए । पर्यटन प्रबद्र्धन गरी पर्यटक आकर्षित गर्ने र बसाई लम्बाउने प्रयासका लागि आफूहरु लागिरहेको महासंघका महासचिब कपिल ज्ञवालीले बताए । कार्यक्रममा प्रदेश कमिटी र रुपन्देही शाखाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

सामाजिक सञ्जाल सञ्चालनमा कडाइ हुँदै

काठमाण्डौ,फागुन ३ ।  सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी संघीय संसदमा दर्ता

सार्वजनिक क्षेत्रको सरसफाइको जिम्मा स्थानीय तहलाई

काठमाण्डौ , माघ २९ । संघिय सरकारले सार्वजनिक क्षेत्रको सरसफाइको जिम्मा स्थानीय तहलाई नै दिने गरी ‘नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाइ सम्बन्धी

कैलालीमा बिहीवार बिहानै देखी बर्षा शुरु

अत्तरिया,माघ २४ ।  कैलालीमा बिहीवार बिहानै देखी बर्षा शुरु भएको छ । पानी परे सँगै चिसो पनि बढेको छ ।  पश्चिमी  वायुको प्रभावका कारण  देशका विभिन्न