‘नेपाल आइडल सिजन २’ मा रवि ओडको यात्रा झन बलियो बन्दै , ‘टप ५’ मा पुग्न सफल

काठमाण्डौ , मंसिर १४ ।
एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन २’ को प्रतिस्पर्धा निकै रोमाञ्चक बन्दै गैरहेको छ । ‘नेपाल आइडल सिजन २’ मा सुदुरपश्चिमका एक्ला प्रतियोगी रवि ओडको यात्रा झन बलियो बन्दै गैरहेको छ । आजको अंकमा रवि अत्याधि भोटका साथ ‘टप ५’ मा पुग्न सफल भएका छन् । जजहरुको मुल्याङ्कन र दर्शकको मायाले धनगढी अडिसनवाट गएका सुदुरपश्चिमका एक्ला प्रतियोगी रवि ‘टप ५’ सम्म पुग्दा  एक पटक पनि  ‘डेन्जर जोन ’  मा  परेका छैनन् ।  रबिले बिहिबारको अंकमा नारायण गोपालको ‘ विरताको चिनो बिरको सन्तान, शहिदको रगत लाहुरेको निसानी ’ बोलको राष्ट्रिय गीत गाएका थिए । यसपटक पवन गिरी बाहिरिएका छन् ।  

नेपाल आइडलमा सुदूरपश्चिमबाट एक मात्र प्रतिस्पर्धी रहेका रवि वडलाई कसरी भोट गर्ने


रबिलाई भोट दिन मोबाइलको  Message Box  मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ ।  भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।

 

प्रतिकृया दिनुहोस

डेउडाको माहोल फर्काउने बड्डाहरु

काठमाण्डौ,मंसिर २८ ।  "फागुन असिनो बड्डो, चैत काफल झड्डो आइगयो बड्डी खोज, यो अछामी बड्डो"   अहिले धेरै देउडाप्रेमीको जिब्रोमा झुन्डिरहेको गीत

बिचार - "सयौँ रबि ओड र चेतराज फुलाराहरु यँही छ्न्,स्थानिय मेला महोत्सबमा मञ्च दिउँ"

अत्तरिया,मंसिर २८ ।  नेपालमा हरेक वर्ष जसो विभिन्न ठाउँहरुमा विभिन्न समयमा महोत्सव एवम् मेलाहरु संञ्चालन भईरहेका छन् । यस मामलामा सुदुरपश्चिम अझ

नेपाल अाईडलकाका चार प्रतिस्पर्धी संगीतिक कार्यक्रमको लागी कोरिया जाँदै

काठमाण्डौ,मंसिर २७।  नेपालको ठुलो सिंगीङ रियालिटी शो नेपाल अाईडलका का चार प्रतिस्पर्धी कोरिया जाने भएका छन् ।दक्षिण कोरियाको महत्वपूर्ण चाड