निर्मलाको न्यायका लागि बिप्लप माओबादीद्वारा महेन्द्रनगरमा प्रदर्शन

कन्चनपुर, मंसिर १५ । 
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मलाको न्यायका लागि भन्दै नेपाल कम्युनिष्ट पाटी (विप्लव)ले महेन्द्रनगरमा प्रदर्शन गरेको छ ।आइतबार दिउँसो कञ्चनपुरको पुरानो प्रशासन कार्यालयदेखि सुरु भएको जुलुसले नारावाजीसहित महेन्द्रनगर बजार परिक्रमा गरेको छ । घटनाको चार महिना वितिसक्दा पनि सरकारले हत्यारा सार्वजनिक नगरेको भन्दै नेकपाले दवाव स्वरुप प्रदर्शन गरेको जनाएको छ । नेकपा कञ्चनपुरका सचिव राजेन्द्र विष्टले न्यायका लागि कञ्चनपुर लगायत देशैभर प्रदर्शन हुने बताए ।प्रदर्शनपछि महेन्द्रनगरको स्मारकमा जनसभा गरिएको छ । जनसभामा नेकपाका केन्द्रीय सदस्य देविदत्त पाण्डे, पोलिट्ब्यूरो सदस्य ओम पुनलगायतले सम्बोधन गर्नु भएको छ  ।प्रदर्शनमा महेन्द्रनगरका विद्यार्थी, शिक्षक, अधिकारकर्मी, विभिन्न राजनीतिक दलका नेता कार्यकर्तासमेत सहभागी छन् । अधिकांश विद्यार्थी विद्यालय पोषाकमै छन् ।नेकपा विप्लवका कार्यकर्ताले पार्टीको नारा एकिकृत जनक्रान्ति जिन्दावाद, गृहमन्त्री राजिनामा दे, निर्मलाका हत्यारा सार्वजनिक गर भन्दै नारावाजी गरेका थिए ।

प्रतिकृया दिनुहोस

डोटी काठमाण्डौ संपर्क समितिको अध्यक्षमा बलाएर

काठमाण्डौ,मंसिर २७।  नेपाली कांग्रेस डोटी काठमाण्डौ संपर्क समितिको दोश्रो साधारण सभा सम्पन भएको छ ।बिहिबार काठमाण्डौमा सम्पन भएको  समितिको

सरकारका काम कार्बाही बिरुद्ध राष्ट्रिय जनमोर्चाको धनगढीमा बिरोध सभा

धनगढी,मंसिर २७ ।  सरकारका काम कार्बाही बिरुद्ध राष्ट्रिय जनमोर्चाले बिरोध सभाको आयोजना गरेको छ । कैलालीको धनगढीमा जनमोर्चाले सरकारका जिम्मेवार

कांग्रेसको राजनीतिक प्रतिवेदन- नेकपाको लोकतन्त्रप्रतिको विश्वास र निष्ठा शंकाको

काठमाण्डौ, मंसिर २५ ।  मुख विपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को लोकतन्त्रप्रतिको विश्वास र निष्ठामाथि प्रश्न