'निर्मला पन्त हत्या घटनाको प्रमाण नष्ट गर्नेविरुद्ध फौजदारी अभियोग लगाउनु पर्छ' - डा. गोबिन्द केसी

धनगढी,मंसिर १५ । 
डा. गोविन्द केसीले निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको प्रमाण नष्ट गर्नेविरुद्ध फौजदारी अभियोग लगाएर कारवाही गर्नुपर्ने बताएका छन् । धनगढीमा आज पत्रकारहरु सँग कुराकानी गर्दै केसीले भन्नु भयो - प्रमाण किन नष्ट गरियो उनिहरुलाई फौजदारी अभियोग अभियोग लगाउनु पर्छ । उँहाले अबको आफ्नो अनसन निर्मलालाई न्याय दिनको लागी हुने समेत उदघोष गर्नु भयो ।  उँहाले निर्मलाका हत्यारालाई सरकारले नै संरक्षण गरिरहेको समेत दाबी गर्नु भयो ।     

उँहाले निर्माणाधिन गेटा मेडिकल कलेजको पनि अाईतबार निरिक्षण अबलोकन गर्नु भएको छ ।गेटा मेडिकल कलेजले धेरै हदसम्म स्वास्थ्य समस्या समाधान हुनेमा उँहाको  विश्वास छ। उँहाले  सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रको लागि डोटी या डडेल्धुरामा पनि मेडिकल कलेज स्थापना गर्नमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो  । उँहाले  आफूसँग सरकारले गरेको समझौता यथाशीघ्र कार्यान्वयन  नगरे पुस २ गतेदखि पुनः अनशन बस्ने समेत चेतावनी दिनु भयो  ।निर्मला पन्तको न्यायको लागि भन्दै कञ्चनपुरमा जारी अनसनलाई ऐक्यवद्धता जनाउन आएका केसी केही दिन देखी यस क्षेत्रमा हुनुहुन्छ।

प्रतिकृया दिनुहोस

दरबन्दी अनुसारका डाक्टर नहुँदा बिरामी मर्कामा

बैतडी , माघ १८ । बैतडीको सुर्नया गाउँपालिका–८ ढोलेकी राधा बिकले घरमै बच्चा जन्माइन् । घर नजिकै बनेको सामुदायिक स्वास्थ्य इकाइमा कर्मचारी नहुँदा

राष्ट्रिय सभाबाट पनि ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ पारित

काठमाण्डौ , माघ १७ । राष्ट्रिय सभाबाट पनि ‘राष्ट्रिय चिकित्सा शिक्षा विध