गायक नबिन पौडेलको 'घर मेरो सुदुरपश्चिम' गीत धनगढीमा सार्बजनिक

धनगढी,मंसिर १५ । 
चर्चित लोक दोहोरी गायक नबिन पौडेलको 'घर मेरो सुदुरपश्चिम' बोलको गीतको अडियो भिडियो अाईतबार धनगढीमा सार्बजनिक गरिएको छ । गीतको सुदुरपश्चिम प्रदेशका उधोग, बन, पर्यटन तथा बातबरण मन्त्री माया भट्टले बिमोचन गर्नु भएको हो । कार्यक्रममा बोल्दै मन्त्री भट्टले गीतको मार्फत यस क्षेत्रको कला संस्कर्तीको  उजागर गर्ने कार्यको प्रशंशा गर्नु भयो । उँहाले गीतको माध्यमबाट सुदुरपश्चिमको पर्यटन प्रबर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने बताउनु भयो । पाल्पामा जन्मेका गाएक पौडेलले सुदुरपश्चिमको कला संस्कर्ती आफुलाई मन पर्ने भएकोले यँहाको भुगोल र पर्यटकिय ठाउँहरुलाई जोडेर गीत निर्माण गरेको बताउनु भयो । कार्यक्रममा पर्यटन ब्यबसायी संजय चौधरी, कैलाली उधोग बाणिज्य संघका महासचिब रुपेश स्वाँर, नेपाल पत्रकार महासंघका सुदुरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाह लगाएतले पौडेलको कार्यको सरहाना गर्दै गीतको सफलताको शुभकामना दिनु भएको थियो । गीतमा शब्द दिग्ग्ज धौरालीका रहेका छन् भने गायिका सम्झना भण्डारीले पनि स्वर दिनु भएको छ । पौडेलले यस बर्षको नबौँ  बिन्दबासिनी म्युजिक अवार्ड २०७५ बर्ष कै सर्बोत्कृस्ट लोक गायकको अवार्ड समेत पाउनु भएको छ ।उँहाका  'ए हजुर सुन्नुभाछर', 'यस्तै हुन्छ भन्नेभा', 'रातो डोरि कपाल लर्केको', 'के सम्झनु छर जान्न मत त्यो घर', 'बुलाकी झुम्काना', 'हरेक जातजाति छौँ नानाथरी', 'सत्य खान्छु कसम', 'श्रीनगर बतासे डाडैमा', 'आजै भेट भाको धनगढी आको म परेँ पाल्पाको'लगाएतका गीतहरु चर्चामा छन् । 

 

गीत हेर्न तलको लिँकमा  click गर्नु होला । 


प्रतिकृया दिनुहोस

सु.पको कला , संस्कृतिको संरक्षण एबम् सम्बद्धन गर्न भारतको राजस्थानमा सास्कृतिक कार्यक्रमहरु हुने

अत्तरिया , माघ १० । सुदुरपश्चिमको कला , संस्कृतिको संरक्षण एबम् सम्बद्धन गर्ने मुल उध्ेश्यका साथ भारतको राजस्थानमा बिबिध सास्कृति